नागरिक समाज र स्थानीय तहबीच छलफल

सामुदायिक साराथीको आयोजनामा नागारिक समाज र स्थानीय तहबीचको सहाकार्यमा अवसर र चुनौती बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नागारिक सामाजले अधिकार विहिन र आवाज विहिनहरुको पक्षमा बहस र पैरवी गर्दे आएको हुँदा अबको दिनमा स्थानीय तहसंग स्वतःस्फुर्तरुपमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा चौतारा साँगाचोकगढी नगरपालिकाका जनप्रतिनिधि र जिल्लाका विभिन्न गैरसरकारी सस्थाको प्रतिनिधि विच छलफल भएको हो ।
कार्यक्रम सामुदायिक साराथीका कार्यक्रम संयोजक अनिल कुमार खनालले यि चुनौतीको सामना गर्दै नागारिक समाजले स्थानीय तहसँग सहकार्य नगर्दा चुनौती जटिल  हुदै जाने बताउनुभयो ।
विभिन्न प्रकारको विपतको सामना गर्नुपर्ने सिन्धुपाल्चोक जिल्ला नागरिक समाजले समय परिस्थिती अनुसार भुमिका निर्वाह गर्दै आएको जानकारी गराउदै जिल्लामा १९ सय भन्दा बढी सस्था दर्ता भएको यो बर्षको सस्था नविकरण १ सय ४० ले मात्रा गरेको हुँदा यो  नागारिक समाजको लागि ठुलो चुनौती भएको गैरसरकारी सस्थाका सल्लाहकार सोम सापकोटाले बताउनु भयो ।
नागारिक समाज र स्थानीय तहले हतारोमा निर्माय गर्ने र फुर्सदमा पछुताउने परिपाटि नेपाली समाजमा भित्रिएको सापकोटाको भनाई छ । जिल्लाका सञ्चारकर्मीले द्धन्द र प्रकृतिक विपतको बेला नागारिक समाज आम नागारिकको आशाको केन्द्र रहेको स्मरण गराउदै अबको दिनमा आम नागारिकलाई स्थानीय सरकारको अनुभुति गराउन र स्थानीय तहलाई परादर्शि र जवाफदेहि बन्न नागारिक समाजले खबरी गर्न समेत सुझाब दिए ।
 २० बर्ष पछिको स्थानीय तहमा आएपछि नागारिकलाई सिहदरबार गाँउमै आएको अनुभुती दिलाउन जनप्रतिनिधि तल्लिन भएको देखिन्छ । नाँय सरकार आए सगै थुप्रै नाँय कानुन बनेको छन् वा परिमार्जित भएका छन् तर परिवर्तित मुल्य र मान्यता अनुसार नागारिक सस्ंथालाई व्यवस्थित गर्ने बारेमा हालसम्म कानुनी रुपमा कुनै चासो र महत्व दिएको पाइदैन ।
यो अवस्थामा स्थानीय सहकारले नागारिक समाजसँगको सहकार्यलाई आत्मसाथ गर्न सकेको छैन ।

,
Lokpriyasamachar@. Powered by Blogger.