इन्सेक द्धारा बालअधिकार चेतना समुहलाई तालिम



लोकप्रिय समचार पुस १४ गते
इन्सेक प्रदेश नं. ३ कार्यालयको आयोजनामा बालअधिकार चेतना समूहका पदाधिकारीहरुलाई क्षमता अभिवृद्धि तालिम ०७५ पुस १४ गते थुम्पाखरमा लिसंखुपाखर गाउपालिकाकी उपप्रमुख हेमगंगा मोक्तानले उद्घाटन गर्नुभयो ।
इन्सेक प्रदेश ३ का संयोजक कृष्ण गौतमको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै लिसंखुपाखर गाउपालिकाकी उपप्रमुख हेमगंगा मोक्तानले बालवालिकाहरुको अधिकार संरक्षणका लागी आफुले गाउपालिका बाट बजेट समेत बिनियोजित गरेर बालअधिकार सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
तालिम उद्घाटन कार्यक्रममा ठूलोपाखर स्थित संसारीमाई मा.बि का बालअधिकार चेतना समूहका अध्यक्ष अनिल तामाङले नेपालमा बालअधिकारको कुरा कानुनमा लेखिएता पनि ब्यवहारमा भने बालवालिकाहरुले पाउनै पर्ने अधिकार नपाएको बताउँनु भयो  । त्यसैगरी थुम्पाखर स्थित कोल्दौङदेवी मा.बि का बालअधिकार चेतना समुहकी अध्यक्ष बिनिता थापाले बालवालिकाहरुले अझैपनि अधिकार खोज्न नसकेको बताउँनु भयो  ।
कार्यक्रममा ठूलोपाखरमा रहेकोे दुइ वटा माध्यामिक विद्यालय र थुम्पाखरमा रहेको दुइ वटा माध्यामिक विद्यालयका २४ जना बालवालिकाहरुको तालिममा सहभागिता रहेको इन्सेक प्रदेश नं. ३ का प्रमुख कृष्ण गौतमले बताउँनु भयो । दुइ दिन सम्म सञ्चालन हुने तालिममा बालअधिकारको परिभाषा, बालअधिकार बारे राष्ट्रिय तथा अन्तराष्ट्रि कानुनहरु, बैठक बस्ने तरिका लगायतका बिषयमा तालिम सञ्चालन हुने कार्यक्रम प्रमुख गणेश भण्डारीले बताउँनु भयो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धितालले सहजिकरण गर्नु भएको   थियो

, , , ,