एकै दिन ७ शिक्षकशिक्षिका अनुपस्थित

जिल्लाको त्रिपुरासुन्दरी गाँउपालिका ३ धुस्कुन स्थित महेन्द्र प्रताप माध्यमिक विद्यालयमा एकै दिन ७ जना शिक्षक शिक्षिका विद्यालय नआएको पाइएको छ ।
आइताबार  रेडियो कार्यक्रम साझा बोलीको धुस्कुन रेडियो स्रोता समुह टोली र वडा अध्यक्ष सुकदेब रिसाल विद्यालयको गतिविधिबारे बुझ्न जाँदा शिक्षक सुरज भटराई ,रविन्द्र श्रेष्ठ,कृष्ण प्रसाद पराजुली , शिक्षिका दुर्गादेवि कार्की,  शिक्षिका टिकादेवि खड्का बलराम  शिक्षक नेपाल र सन्तोष आचर्या विद्यालयमा अनुपस्थित भएको पाइएको हो ।  शिक्षालाई पहिलो प्रथामिकतामा राखेर विद्यार्थीलाई गुणस्तरिक शिक्षा दिनुपर्नु शिक्षकको जिम्मेवारी शिक्षकहरुबाट नै लपारबाही भएको देखिन्छ । 
एकै दिन ठुलो मात्रामा शिक्षकहरुको उपस्थित नभए पछि वडा अध्यक्ष रिसाल सहित स्रोता समुहले यसरी शिक्षकहरु नहुँदा विद्यार्थीको पढाई प्रभावित भएको भन्दै विद्यालय व्यवस्थापन समिती र शिक्षक सहित बैठक राख्ने निर्णय गरेको छ  । अध्यक्ष रिसालले पौष महिनाको पहिलो साता  यस विषयमा गरिने र  एक दिन १ जना शिक्षकले मात्रै विदा लिने निर्णण गर्ने समेत भन्नु भयो ।
स्रोता समुहले शिक्षकहरुलाई आफ्नो व्यतिmगत कामले गर्दा विद्यार्थीको पढाईमा असर पुग्ने काम नगर्न विद्यालय आग्रह गरेको छ । सोही बैठकमा विद्यालयको प्रधानाध्यपक शिक्षक परिवरीक शोकमा परेको कारण विद्यालय नभएको र शिक्षक सन्तोष आर्चयाले विदाको निबेदन विद्यालयमा पेश गरेको छ भने अन्य शिक्षकले कुनैपनि जानकारी नगराई विदामा बसेको थियो । शिक्षकबाट हिजो भएको गल्ती आगमी दिनमा नदोहोरिने र विद्यार्थीलाई गुणस्तर शिक्षा दिने विद्यालयले जनाएको छ । 
उतm विद्यालयले २०७५ सालको एसइइमा गाँउपालिका भरि अरु माध्यमिक विद्यालयलाई पछि पार्दै उत्कृट नतिजा ल्याएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.