आकर्षणको केन्द्रबिन्दू बन्दै भयौलीकुण्ड

बाह्रविसे नगरपालिका वडा नम्बर ५ गातीमा रहेको भयौलीकुण्ड पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्रबिन्दू बन्दै गएको छ । नगरपालिकाको एउटा विकट क्षेत्र भए पनि पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएकाले नगरपालिकाले भौतिक पूर्वाधार निर्माण लगायतका काम पनि गरिरहेको छ ।
जिल्लाको उच्च क्षेत्रमा रहेका ताल र कुण्डहरु मध्ये भयौलीकुण्ढ   १० रोपनी क्षेत्रफलमा निर्माण हँुदै गरेको आनी गुम्बा यहाँको अर्काे आर्कषक बन्दै गएको छ । तर, प्रचार प्रसारको अभावले ओझेलमा परेको स्थानियको भनाई छ ।
यसैबिच धार्मिक र पर्यटकीय हिसाबले प्रख्यात भयौलीकुण्डको संरक्षण गर्न सुरु गरिएको छ । यहाँ हरेक वर्ष जनैपूणिर्मामा लाग्ने मेलमा दर्शन गर्नका सयौं भक्तजन आउने गर्दछन् । हिन्दु धर्मलम्बीहरुका लागि मात्रै होइन, यस क्षेत्रमा रहेका गुम्बा र आनीहरुको गुम्बा पनि रहेकाले बौद्ध धर्मलम्बीहरुका लागि पनि यो स्थान प्रख्यात रहेको स्थानीयले बताएका छन् ।
तर, २०७२ को भुकम्पबाट भयौलीकुण्डमा पनि असर परेपछि अहिले संरक्षण प्रयास सुरु भएको हो ।  प्राकृतिक कुण्डको पानी भूकम्पले अन्यत्र गएपछि ढुङगा बिच्छ्यार वरिपरी रेलिङ हाल्न थालिएको छ ।
कुण्ड अवलोकन र अन्य धार्मिक पर्वहरुमा आउने तिर्थालुहरुका लागि बस्नका लागि सहज होस भनेर कुण्ड आसपासमा बस्ने, खाने स्थान साथै शौचालय लगायत अन्य पूर्वाधारहरु पनि यहाँ निर्माण सुरु गरिएको बाह्रविसे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फइन्द्र पौडेलले जानकारी दिनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.