नगरबाट पाउने सुविधा लिन प्रमुख तामाङको आग्रह

जसले पसिना बगाउँछ, जसले मेहनत गर्छ त्यस मानिसलाई कुनैपनि रोगले नसताउने जथाभावी उपचारमा खर्च गरिरहन नपर्ने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताउनुभएको छ ।
उहाँले गाउँ गाउँमा रहेका हाम्रा पुर्खाहरुले पहिले पहिले औषधी अस्पतालमा नदेखिकन जीवन धानेको स्मरण गर्दै पहिला पहिलाका मानिस मेहनतिला हुने, पसिना बगाउने, आफैले उत्पादन गरेका खाद्यान्न खाने गर्ने गरेकाले निरोगी बन्ने गरेको र रोग लागिहालेपनि सामान्य उपचारपछि रोग निको हुने गरेको हँुदा अबका मानिसहरुले पनि पसिना बगाएर मेहनत गरेर खाद्यान्न उत्पादनगर्न सबैलाई आग्रह गर्नुभयो ।
१४ नं. वडाको सहयोगमा निर्माण गरिएको हलुवाबेतको परिकार वितरण तथा घरेलु तथा साना उद्योग विकास समिति सिन्धुपाल्चोकले दिएको ७ दिने तालिम समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख तामाङले यस्तो बताउनुभएको हो ।




 उहाँले काम नगर्ने मानिस अल्छि हुने, त्यस्तालाई सुगर लगायत विभिन्न रोग लाग्ने, कारण पनि ताजा खाद्यान्न सेवन नगर्नाले भएको बताउँदै ताजा उत्पादन खाद्यान्नको प्रयोग गर्न सबै लाग्न आग्रह गर्नुभयो । उहाँले आफूले सिकेको सीप आफै राख्ने हो, त्यसैले सीप सिकौं र आत्मनिर्भर बनौं भन्नुहँुदै आफूले सिकेको सीप न छोरीलाई दाइजो दिनुपर्छ न  छोरालाई सम्पत्तिको रुपमा दिनुपर्छ त्यसैले सबैले सीप सिक्नुपर्छ भन्नुभयो ।
समृद्ध नगर निर्माण गर्नका लागि वडा नं. १४ ले खेलेको भूमिका प्रति विषेश धन्यवाद दिँदै नगरबाट पाउने विकासका कार्यक्रमहरुमा कुनैपनि कञ्जुस्याइँ नगरेको बताउनुभयो ।
कार्यक्रममा विषेश अतिथि घरेलु तथा साना उद्योग विकास समिति सिन्धुपाल्चोकका कल्पना शर्माले उद्यमी महिला लगायत उद्योगमा दर्ता रहेका उद्योगीहरुलाई जिल्ला स्थित घरेलु तथा साना उद्योग विकास समितिबाट विभिन्न प्रकारको सहयोग उपलब्ध गराइरहेको बताउँदै हलुवाबेतको परिकार निर्माण गर्नका लागि आफ्नो कार्यालयले प्रशिक्षकको व्यवस्था गरेर प्रशिक्षण दिएको र उत्पादनका लागि मेशिन समेत अनुदानमा दिएको बताउनुभयो । उहाँले सहभागि प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गर्दै मेशिन हस्तान्तरण गर्नुभयो ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष ज्ञानेन्द्र तिमिल्सिनाले जिल्लामा हरेक प्रकारका सहकारीहरु रहेका छन् तिनीहरुले प्रायः बचत तथा ऋणमा मात्र केन्द्रीत रहेर काम गरिरहेका छन् भने यहाँको सहकारीले नयाँ नयाँ प्रविधिलाई निम्त्याएर काम गरेकोमा नेत्रज्योती कृषि सहकारी संस्था लिमिटेडलाई विषेश धन्यवाद दिनुभयो ।
त्यस्तै सामाजिक विकास संयोजक तथा वडा नं. १३ का वडाध्यक्ष रामप्रसाद गौतमले १४ नं. वडाका किसान तथा युवाहरु सक्रियताका साथ उत्पादनमा लागेकोमा खुसी व्यक्त गर्दै उत्पादित खाद्यान्नलाई बजारीकरण गर्न समेत सफलतातर्फ लागि गरेकोमा नेत्रज्योती कृषि सहकारी संस्थालाई विषेश धन्यवाद दिनुभयो ।
डडुवा भवानीशंकर माविका प्रअ बद्रीप्रसाद नेपालले डडुवामा नयाँ नयाँ प्रविधि भित्राएर स्थानीय कृषक तथा बुद्धिजिविको लागि सहज गर्नका लागि नेत्रज्योती कृषि सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
झमलादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक लालबहादुर श्रेष्ठले नेत्रज्योती कृषि सहकारी संस्थाले विगतका वर्षहरुमा विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालन गरेर नयाँ कार्यक्रम ल्याएको भन्दै सुरुमा ट्याक्टरको अवधारणा ल्याएर ट्याक्टरमार्फत खेती गर्न सहज गरेको र अहिले फेरी खेर गएका फलफुललाई संकलन गरेर परिकार निर्माण गरी विक्री वितरण गर्न लागेको पाउँदा हामीलाई खुसी लागेको बताउनुभयो ।
 डडुवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव नेपालले सहकारीका माध्यमबाट यस्ता काम गरेकोमा सहकारीहरुको शिर उच्च रहेको र सञ्चालकहरुको मनोवल समेत उच्च रहेको बताउनुभयो ।
नेत्रज्योती कृषि सहकारीका सचिव नेत्रबहादुर बस्नेतले सञ्चालन गर्नुभएको कार्यक्रमको समापन गर्दै वडाध्यक्ष शेरबहादुर श्रेष्ठले १४ नं. वडाको पहिचानका लागि नेत्रज्योती कृषि सहकारी संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्दै आफ्नो वडामा केन्द्रीय कार्यालय रहेको लोकप्रिय समाचार राष्ट्रिय दैनिकमा प्रभावकारीतामा भएको र यहिँ केन्द्रीय कार्यालय रहेको सञ्चार माध्यमले रेडियो समेत सञ्चालन गरेको पाउँदा खुसी लागेको बताउनुभयो । उहाँ आयआर्जनमूलक काममा आफ्नो वडाले सहयोग गरिरहेको बताउँदै सम्पत्ति कर तथा अन्य करमा खास धेरै शुल्क नलाग्ने स्पष्ट पार्नुभयो । स्थानीय नागरिकहरुलाई आफ्नो व्यापार व्यवसाय गर्न उद्यमीहरुलाई उद्योग दर्ता गरी नगरपालिकाबाट पाउने सुविधाको सदुपयोग गर्न अनुरोध गर्नुभयो ।
नेत्रज्योती कृषि सहकारी संस्थालाई कृषि पकेट क्षेत्र घोषणा गर्नका लागि पूर्व तयारी स्वरुप आफ्नो अभियानलाई सहयोग गरेकोमा विषेश धन्यवाद दिनुभयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका प्रशिक्षक केशव न्यौपाने र नेत्रज्योती कृषि सहकारी संस्थाका प्रशिक्षक कृष्णबहादुर ठकुरीलाई सम्मान तथा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रमको लोकप्रिय सञ्चार समूहद्वारा सञ्चालित लोकप्रिय नेत्रज्योती र लोकप्रिय रेडियो प्लानेटले प्रत्यक्ष प्रसारण गरेको थियो ।   

, , , , , , ,
Lokpriyasamachar@. Powered by Blogger.