पाँचपोखरीमा नेपाल टेलिकमको टावर

सिन्धुपाल्चोक जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा नेपाल टेलिकमको २ वटा टावर सन्चालनमा आएको छ ।

पौष २गते बाट पाँचपोखरी थाङ्पाल १ जतन र ३ भोताङ्मा नेपाल टेलिकम को टावर सन्चालन आएको हो । सोमबार गाउपालिला उप प्रमुख सुनिता अधिकारी नेपाल टेलिकम का निर्देशक अनन्त कुमार सिङ गाउपालिकाका प्रबक्ता पासाङ लामा १ नम्बर वडाका अध्यक्ष सुर्यमान दोङ ३ नम्बर वडाका वडा अध्यक्ष ङिमा छिरिङ तामाङले सम्युक्त रुपमा टावरको  उद्घाटन गर्नु भएको हो । 
टावर  सन्चालनमा आए सँगै स्थानियहरुलाइ  अब फोन गर्नका निम्ती डाँडो चड्न पर्ने समस्याको अन्त्य भएको छ ।  यो टावर संञ्चालनमा आए पछी  दुर्गम क्षेत्रका १५ वडा का नागरिकहरुलाइ प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन ।यसका साथै आसपासका नागरिकहरुलाइ समेत  अब फोन र ईन्टरनेट चलाउन सजिलै पाइने भएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.