रेड क्रसको तालिम सम्पन्न


विपद् प्रतिकार्यका लागी सामुदायीक पहल तालिम सम्पन्न भएको छ । नेपाल रेडक्रस सिन्धुपाल्चोक जिल्ला शाखा द्धारा सञ्चालन गरीरहेको भुकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत तालिम सम्पन्न भएको हो । १० गते देखि १७ गते सम्म चौतारामा सञ्चालित तालिममा विभिन्न उपशाखाहरुका गरी २४ जनाको सहाभागीता रहेको थियो ।

सामुदायिक विपद् व्यवस्थापन लाई प्रभाब कारी बनाउनका लागी कार्यक्रम को सञ्चालन गरीएको थियो । कार्यक्रमा विपद्को पुर्वतयारी कसरी गर्ने विपद्,को अबस्थामा प्रतिकार्य कसरी गर्ने भन्ने बिषयमा कार्यक्रम मा बिषय बस्तुहरु समेटिएका थिय । कार्यक्रमले जिल्लामा २४ जना दक्ष जनशक्ति उत्पादन गरेको छ । कार्यक्रमको समापन समारोहमा बोल्दै नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका मन्त्रि कमलचरण कक्षपतीले यो तालिमले नेपाल रेडक्रस सा्ेसाइटी सिन्धुपाल्चोक जिल्ला शाखालाई विपद् व्यवस्थापनमा थप शक्तिसालि बनाएको भन्दै आगामि सदिनमा ताmिम प्राप्त जशक्तिको परीचालन गरी विपद् प्रतिकार्यलाई अज प्रभाबकारी बनाउदै लानेमा जोड दिनु भयो ।
भुकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत सञ्चालित तालिमका कारण जिल्लाको पाँचपोखरी थाङपाल गाउपालीका अन्तरगत विपद् प्रतिकार्यको तालिम सञ्चालन गर्ने,गाउँपालीका का सबै वडाहरुमा प्रतिकार्यका सामाग्री भन्डार गर्ने तथा गाउँपालीका स्थरको योजना निमार्ण गर्ने कार्यक्रम रहेको जिल्ला शाखाले जनाकारी दिएको छ ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.