जिल्लामा आप्रवासी दिवस मनाइयो

हिजो डिसेम्बर १८ अर्थात् आप्रवासी दिवस । चौतारा सांगाचोकगढि नगरपालिकाले चौतारामा प्रभातफेरीसँगै सचेतनामुलक कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै चौतारा सांगाचोकगढि नगरपालिका उपप्रमुख जानुका पराजुलिले चौतारा सांगाचोकगढि नगरपालिकाले सुरक्षीत आप्रवासनका लागि बाहिर जानेहरुका लागि सिपपमुलक तालिमको कार्यक्रम समेत ल्याएको बताउनुभयो ।
सुरक्षित आप्रबासन परीयोजना सामिका जिल्ला संयोजक रीना श्रेष्ठले सिन्धुपाल्चोकबाट मात्र २० हजार भन्दा माथिका जनशक्ती रोजगारीका लागि देश बाहिर गएको बताउनुभयो । कार्यक्रममा सहभागिहरुले सहि सुचनाको अभावमा अझैपनि बैदेशिक रोजगारीका लागि भारतिय बाटो हुदै विदेशजादा दुख पाउनेक्रम विद्यमान रहेको औलाएका थ्एि । दिवसको अवसरमा श्रमको सम्मान  राष्ट्रिय अभियान र सिपयुक्त जनशक्ति र स्वरोजगार  आर्थिक समृद्धिको मुल आधार भन्ने नाराका साथ आप्रवासीको अधिकारका विषयमा विभिन्न कार्यक्रम भएका छन् । 
सन् १९९० डिसेम्बर १८ तारिखमा आप्रवासीहरुको अधिकार संरक्षणसम्बन्धी राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको सम्झनामा सन २००० देखि दिवस मनाउन थालिएको हो । अहिले विश्वका झण्डै २५ करोड ८० लाख मानिस आप्रवासीका रुपमा रहेका छन्  । विश्वव्यापीकरण, औद्योगिकीकरण, सूचना र सञ्चारको विस्तारसंगै अन्तराष्ट्रिय स्तरमा आप्रवासीको संख्या बढ्दै गएको छ ।
राजनीतिक अस्थितरताका कारण नेपालमा पछिल्लो समयमा रोजगारीका लागि विदेशिनेको संख्या बढेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.