जिल्लामा राष्ट्रिय जलवायु सम्मेलन

नेत्रबहादुर बस्नेत/विश्व जलवायु परिवर्तनको चपेटामा परेका बेला सिन्धुपाल्चोक  जिल्लामा राष्ट्रिय जलवायु सम्मेलनले तातेकोे छ । जलवायु परिवर्तनका कारण पर्यावरणको अस्तित्व संकटमा परेकाले त्यसको न्यूनीकरणका लागि ७७ जिल्लाका जिल्ला समन्यवय समितिका  प्रमुख उप प्रमुखहरू सम्मेलनका लागि मेलम्ची नगरपालिका, ज्यामिरेको गुफाडाँडामा भेला भइ सक्नु भएको छ  ।
सोमबार र मंगलबार चल्ने जलवायु सम्मेलनमा सिन्धुपाल्चोकका १२ स्थानीय तहका प्रमुख तथा उपप्रमुख, ७७ जिसस प्रमुख र विषयगत मन्त्रालयका सचिवसमेतको उपस्थिति रहने कार्यक्रम संयोजक कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।

कार्यक्रमको प्रचारप्रसारका क्रममा  काठमाडौंको तिनकुनेदेखि मेलम्ची खानेपानीको मुहान तिम्बुसम्म गाडी र्यालीको आयोजना गरीएको थयो   । आज र भोली गुफाडाँडामा सम्मेलन चल्ने   छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ  ।सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गुफाडाँडा आफैँमा पर्यटकीय स्थल पनी हो ।
यँहाबाट नगरकोटदेखि उत्तरका लस्करै हिमाल अवलोकन गर्न सकिने गुफाडाँडाबाट जलवायु परिवर्तनको असरसमेत नियाल्न सकिने आयोजकको दाबी छ । जिल्ला समन्वय समिति महासंघले गर्न लागेको कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारी भने आयोजना स्थल रहेको  सिन्धुपाल्चोक जिल्ला समन्वय समितिले लिएको छ । जिल्लाको उच्च ठाउँमध्ये रहेको गुफाडाँडामै सम्मेलन आयोजना गर्दा जलवायु परिवर्तनको असरका बारेमा मूर्त छलफल गर्न पाइने आयोजकको दाबी छ । चर्चाको शिखरमा रहेको  जिल्लाको मेलम्ची नगर पालीकामा पर्ने गुफाडाँडामा  नेपालका राष्ट्रप्रमुखको आगमन हुँदैछ । देशको ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुख सबै जिल्लामा आइ सक्नु भएको छ । यस अबस्थामा राष्ट्रको ध्यान सिन्धुपाल्चोक जिल्लाको गुफाडाँडामा केन्द्रीत रहेको छ ।
प्रायः गरेर ठुला ठुला महङ्गा होटल तथा  हलहरुमा हुने यस्ताखालका सम्मेलन जिल्लाको खुल्ला ठाँउमा गरेर पर्यटकीय बिकाशका लागी समेत बिशेष योगदान मात्र होइन यस कार्यक्रमले सिङ्गो जिल्लाको शिर उच्च राख्ने काम भएको जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोकका सदस्य सुकन्तला माझीले बताउँनु भएको छ ।
सिन्धुपाल्चोक जिल्लाको आफ्नै पहिचान रहेको छ ।  सिन्धुपाल्चोक बिशेष गरि तातोपानी नाकाले पनि बढी  चर्चामा रहेको छ भने काठमाडौंबासीहरुको लागी खानेपानीको ब्यबस्था यही जिल्लाबाट गरिँदै छ । राजधानीबाट नजीकै रहेर पनि बिकट जस्तो देखिने सिन्धुपाल्चोकका प्रायः गाँउहरुमा अझै पनि सुबिधा सम्पन्न हुन सकेका छैनन् । 
सिन्धुपाल्चोकमा भइरहेको यो जलबायु परिबर्तन सम्बन्धीको राष्ट्रिय सम्मेलनले सिन्धुको बिकाशमा थप मद्धत पुर्याउँने त छदैछ यसको अलबा यँहाको पहिचानका साथै सिन्धुको  उत्पादनलाई बजारीकरण गर्न समेत मद्धत पुग्ने छ । 
यो सम्मेलनमा भाग लिइरहनु भएको देशका ७७वटै जिल्लाका सम्पुर्ण सहभागीहरुले देशलाइ नै नमुनाका रुपमा पहिचान गराउँने खालका घोषणा पत्र तैयार गरेर कार्यन्वयनमा ल्याउँन सफल होस भन्ने कामना गर्दै यस्ता खालका कार्यक्रमहरु गर्दा चारतारे होटलहरुमा भन्दा पनि यसैगरी खुल्ला स्थानमा गर्ने व्यवस्था भएमा स्थानीय विकासका लागी अझ सहज हुने बिश्वास लिइएकोछ । 

Lokpriyasamachar@. Powered by Blogger.