चौतारामा खुल्ला कविता वाचन

२७ औं अन्तराष्ट्रिय अपाङग दिवसको अवसरमा आइतबार चौतारामा खुल्ला कबिता वाचन प्रतियोगिता भएको छ ।
सो प्रतियोगीता राष्ट्यि अपाङग महासंघ सिन्धुपाल्चोकले आयोजना गरेको हो । प्रतियोगिताका प्रथम रजिना श्रेष्ठ , द्धितिय सुष्मा गीरी , त्रितिय संस्कृती आचार्य र सान्त्वना जयन्ती बस्नेत भएका छन् । उनीहरुलाई भोली एक कार्यक्रमकाबिच पुरस्कार वितरण गर्ने आयोजकले जनाएको छ ।
महासंघकका अनुसार प्रथम, दोस्रो  तेस्रो र सान्वनालाइ क्रमश ३ हजार, २ हजार ,१ हजार र ५ सय सहित प्रमानपत्रको ब्यवस्था छ । खुल्ला कबिता वाचनमा ११ जना विभिन्न विद्यालयका विद्यार्थिहरुले भाग लिएका थिए ।


,
Lokpriyasamachar@. Powered by Blogger.