ट्रान्सपरेन्सी इन्टरनेशनलद्धारा ठेक्का ‘क्यान्सिल’ गराउन माग

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले प्रधान मन्त्री समक्ष  लाइसेन्स तथा राहदानी छपाइमा अनयिमितता भएको भन्दै ठेक्का प्रकृया रोक्न माग गरेको छ ।
टीआइका अध्यक्ष  खेमराज रेग्मी द्धारा बुझाइएको पत्रमा भनीउको छ , टीआइ भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्नका लागि निरन्तर क्रियाशील रहने नागरिक संस्था हो ।
हालै विभिन्न सार्वजनिक सञ्चार माध्यममार्फत सरकारी निकायहरुको सूचना प्रणाली आधुनिकीकरण गर्ने क्रममा स्मार्ट लाइसेन्स तथा राहदानी छपाइलगायत अन्य कतिपय कार्यहरु प्रचलित कानून विपरीत विना प्रतिस्पर्धा मन्त्रिपरिषद्को निर्णय गराई ठेक्कामा दिइएको वा दिने तयारीमा रहेको जानकारी सार्वजनिक भएकोमा टीआई नेपालको गम्भीर ध्यानाकृष्ट भएको छ । उपरोक्त विषयमा सार्वजनिक खरिद ऐन तथा सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐनबमोजिम सम्बन्धित कम्पनीहरुको बीचमा प्रतिस्पर्धा नगराइ ठेक्का दिइएको वा दिन लागिएको हो होइन सो सम्बन्धमा वास्तविक जानकारी आम नागरिक सामु प्रस्तुत गर्न टीआई नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गर्दछ ।
साथै भ्रष्टाचारमा शून्यसहनशीलता अपनाउने सरकारको प्रतिवद्धता विपरीत मन्त्रिपरिषद्को निर्णयमात्रको आधारमा अपारदर्शी तरिकाले कानूनको बर्खिलाप हुने गरी ठेक्काहरु दिइएको हो भने त्यस्ता निर्णय यथाशीघ्र सच्याइनु पर्दछ र सो सम्बन्धी अन्य ठेक्कापट्टाहरु प्रतिस्पर्धा गराएर मात्र दिइनुपर्दछ भन्ने टीआई नेपालको धारणा रहेको बेहोरा अनुरोध गरिएको छ । 

,
Lokpriyasamachar@. Powered by Blogger.