प्रहरीको आयोजनामा सार्वजनिक सुनवाई

संस्कार सस्कृती र परम्पराको जगेर्नाा गर्दै सरकारको तर्फबाट र आफ्नो तर्फ बाट गर्न पर्ने सहयोग गर्न आफु सँधै लागी परिरहने  प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले बताउँनु भएको छ ।  उँहाले स्थानयि संस्कार र संस्कृतीलाइ जगर्ना गर्नका लागी सम्बिधानले दिएको अधिकार, बर्तमान ऐन कानुन को परिधी भित्र रहेर गरिने हरेक कार्यक्रमलाइ सरकारको सहयोग रहने समेत बताउँनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकद्धारा आयोजित  सार्बजनिक सुनुवाइ कार्यक्रमको प्रमुख अतिथीका आशनबाट बोल्दै उँहाले यस्तो बताउँनु  भएको हो । सार्वजननिक सुनुवाइ कार्यक्रममा  संस्कार  र संस्कृतीको जगेर्ना गर्न परम्पराकालदेखि गरिँदै आएको नितीलाइ समेत संरक्षणा गरेर लैजानका लागी सरकारको तर्फबाट गर्न पर्ने काम गर्न का लागी स्थानीय स्तरबाट त्यसका बिषयमा के गर्न पर्ने हो जानकारी गराएपछी मात्र गर्न सकिने स्पस्ट पार्दै नियम कानुनले मिल्ने हरेका कार्य तत्काल गर्ने बताउँनु भयो ।
प्रहरी उपरिक्षक मुकुन्द मरासिनीनीले चौतारा साँगाचोक गढी नगर पालीका वडा नं १मा प्रकृया पुरा गरेर प्रहरी  बिट राख्न सकिने तर त्यसका लागी वडा कार्यलयबाट जग्गाको ब्यबस्थागर्नूका साथै  आबश्यक ब्यबस्थापन गर्न पर्ने बताउँनु भयो । उपरिक्षक मरासिनीले जिल्लाको बोर्डर बन्देउमा रात्रीकालीनमा समेत काम गर्ने गरि सिसिक्यामारा जडान गरिएको र क्रमिकरुपमा बजेटको ब्यबस्था हुन साथ बजारमा पनी राखिने बताउँनुभयो । उहाँले प्रहरी सँधै जनताका साथमा रहने हुँदा जनताले पनी  आफुलाई परेको समस्यालाई  सम्बन्धीत निकायमा  समयमा नै जानकारी गराएमा तत्काल समस्याको समधान गर्न सकिने बताउँनुभयो ।
उँहाले प्रहरीले  समाजमा  अपराध गर्ने अपराधीलाइ कार्बही गर्दा कँही कतैबाट पनि दबाब आउँन नहुने बताउँदै यस्तो भयो भने सुरक्षाको  बिषयमा  नागरिकले प्रश्न उठाउँने ठाँउ रहने बताउँनु भयो । कार्यक्रममा तिन महिनामा   भएको कामहरुका बारेमा जानकारी  गराइएको थियो । 
जिल्ला प्रहरी कार्यलयले प्रत्यक तिन तिन महिनामा गर्दै आएको सार्बजैनिक सुनुवाइ कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालीका वडा नं. १ का अध्यक्ष सानुकान्छा श्रेष्ठ, ५का नरमान श्रेष्ठ, १४ का शेरबहादुर श्रेष्ठ, कानुन  ब्यबसायीहरु रोहीणीराज सिग्देल भुपेन्द्र बहादुर थिङ्ग शशीनाथ आचार्य संञ्चार कर्मी यज्ञ दङ्गाल साामी परियोजनाकी रिना श्रेष्ठ लगाएतले राख्नु भएको प्रश्नको उत्तर दिदै मरासिनीले यस्तो बताउँनु  भएको हो ।
जिल्ला प्रहरी कार्यलयमा भएको सार्बजैनिक सुनुवाइको समापन गर्दै  जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी तथा प्रहरी नायव  उपरिक्षक बिमलराज कर्णेल ले  सहभागीहरुलाइ बिशेष धन्यबाद दिदै आगामी दिनमा प्रहरीले गर्न पर्ने थप सुधारका लागी सुझाब दिन जहिले पनी ढोका खुल्ला रहेको बताउँनुभयो । 

,
Lokpriyasamachar@. Powered by Blogger.