बाह्रबिसेमा मागे कविले निर्मलालाई न्याय

बाह्रबिसे/बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको लागि न्याय माग्दै सिन्धुपाल्चोकका कवि समूहले चोकचोकमा कविता वाचन गर्न थालेका छन् ।


सदरमुकाम चौतारामा कविताबाटै आन्दोलन गरेका कवीहरुले शनिवार बाह्रबिसे नगरपालिकाको बाह्रबिसे बजारमा कविता वाचन गरेर सरकारसँग न्याय मागेका छन् । बिहीबार चौतारामा शब्द सारथीको सुन्ने सुनाउने श्रृंखला अन्र्तगत २० जनाले कविता मार्फत निर्मलाको लागी न्याय मागी दिएका थिए भने सरकार नभएको घोषणा गरेका थिए । 

सिन्धु साहित्य चौतारीको ‘निर्मलालाई न्याय राष्ट्रिय अभियान’मा जोड् दिँदै बाह्रबिसेमापनी १५ कवि एवं सर्जकले कविता वाचन गरेका थिए । ‘निर्मलाको हत्यारा पत्ता लगाउन दबाब दिदै जिल्लाभर कविता वाचन गर्ने अभियानमा रहेको साहित्यिक अभियन्ता अमित घिमिरेले बताउनुभयो । उहाँले गद्य, पद्य दुवै कविताबाट जिल्लाभरका साहित्यकारले निर्मलाको लागि कविता वाचन गरिरहेको बताउनुभयो । देश नै उर्लिदा समेत एउटा मरिसकेकी चेलीले न्याय नपाउनु लज्जास्पद रहेकोले सबै साहित्यकार एकजुट भएर अभियान अगाडि बढाएको घिमिरेले बताउनुभयो । 
बाह्रबिसेमा कविहरु अमित घिमिरे, किशमा किशोर, सुरेश बुढाथोकी फकिर, हेमन्त श्रेष्ठ, सुन्दर शिरिष, नवराज रायमाझी, प्रविना राउत, चमेली लगायत १५ जनाले कविता सुनाउँनु भएको छ । सरकारको नयाँ युग बिजुलीको पोलमा झण्डिएछ, भनेर कसैले कविताद्वारा सरकारलाई व्यंग गरेका थिए भने कसैले सरकार  नै नरहेको अबस्था रहेको बताएका थिए ।
कबीहरुले आधा राज्य माग्न र दुई तिहाइको सरकार ढाल्न आएका होइन न्याय माग्न  आएको हो भनेर बजारबीचमा कविता सुनाएका थियो ।  सरकार मरेको घोषणायुक्त कविता सुन्न आएका सहभागीहरुले कबतिा सुनेपछि सबैको आँखा रसाएको दृष्य देखिएको थियो भने सिन्धुपाल्चोकका कवीहरुले अन्यायमा परेकाहरुका लागी न्याय खिनका लागी अगाडी बढेकोमा खुशी व्यक्त गर्दै कवीहरुको यो अभियानमा एक्यबद्धता रहेको बताएका छन् ।

,
Lokpriyasamachar@. Powered by Blogger.