दुलालेश्वरमा पुनः श्रेष्ठ निर्वाचित

एकराज श्रेष्ठ/दुलालेश्वर बातावरणिय तथा समाज सेवा क्लव दोलालघाट काभ्रेको आइतबार सम्पन्न २४ औ बार्षिक साधारण सभाको चुनावी प्रक्रियाबाट फेरि पनि अष्टबहादुर श्रेष्ठले नै नेतृत्व गर्ने अवसर पाउनुभएको छ ।
गत ४ बर्षको संस्था बिकास निमित गरेको देनको कदर गर्दै सदस्यहरुबाट  ३०५ मतका  साथ पुनं  अध्यक्षमा निर्वाचित गराएका थिए । उहाका सहयात्रीहरुमा सचिबमा विशाल श्रेष्ठ२९१ मत र, सहसचिवमा रामकृष्ण श्रेष्ठले २९५ मत ल्याइ बिजय हुनुभएको छ ।

त्यसै गरि उपाध्यक्ष सुन्दर लामा, कोषाध्यक्ष सुन्दर श्रेष्ठ लेखा समिती संयोजक छविरमण पराजुली, सदस्य दिलिप श्रेष्ठ तथा सदस्यहरुमा सुजन श्रेष्ठ, सबिन राय, जाल बहादुर बि क र समिका श्रेष्ठ  निर्विरोध  निर्वाचित हुुनभएको थिए । ५५८  सदस्य मध्य  ४८२ मत खसेको निर्वाचन मण्डलका संयोजक गोबिन्द प्रसाद पराजुलीले  बताउनुभयो । स्थानिय प्रहरी प्रशासन प्रमुख तारा मणि श्रेष्ठले आफ्नो कमाण्डमा परिचालित सुरक्षा घेरा भित्रको शान्तमय बातावरणमा बिना  धाधलीमा निष्पक्षका साथ चुनाव सम्पन्न गराउनु भएको थियो ।
कार्यक्रमलाइ उद्घाटन गर्दै भुम्लु गाउँ पालिका अध्यक्ष गुमानध्वज कुंवरले कार्यक्रमको स्वागत गर्दै नया कार्यसमिती परिवारलाइ अग्रिम बधाइ तथा सफल कार्यकालको लागि शुभकामना पनि दिनु भएको थियो साथमा  यति सानो ठाउमा त्यति धेरै सदस्यहरुको संख्यालाइ आलोचना गर्दै संस्थाले संख्यात्मक भार खेप्दा घाटा बेहोर्नु पर्ने हुदा समाजको सेवा नै गर्ने हो तसर्थ सहमति प्रणालीबाट  आगामी दिनहरुमा जानलाइ अनुरोध गर्दै सुझाव पनि दिनु भएको थियो ।
बिजय पश्चात श्रेष्ठले गत बर्ष दिनहरुमा भए गरेका कमि कमजोरीहरुलाइ सुधार्दै  समाज र संस्था बिकासको निमित अहोरात्र खटेर समय दिई पूरा गरी संस्थालाइ अझ दुर्त गतिमा अगाडि बढाउने प्रतिबद्धता जनाउनु भएको थियो । 

,
Lokpriyasamachar@. Powered by Blogger.