इन्द्रावतीमा एक घर एक धारा कार्यक्रम

सिन्धुपाल्चोक जिल्लामा रहेको १२ वटा गाँउपालिका मध्ये  ईन्द्रावती गाउँपालिकामा एक घर एक धारा कार्यक्रमले लोकप्रियता पाएको छ । गाँउपालिकाद्वारा स्वीकृत वार्षिक नीति, वजेट तथा कार्यक्रम अनुरुप गाउँपालिकाको आवश्यकतालाई पहिचान गरी विनियोजित वजेटको अधिकतम उपयोगी, पारदर्शी र मितव्ययि तवरले खर्च गरी आम नागरिकलाई फाइदा पुग्ने गरी योजना तथा कार्यक्रमहरुको कार्यान्वयन गरिएको  पाइएको छ ।
गाउँपालिकाले आ.व.२०७४÷७५ मा भौतिक पुर्वाधार, सामाजिक, आर्थिक विकासको क्षेत्रमा उल्लेखनिय कार्य गरेको छ ।
ईन्द्रावती गाउँपालिकाले आव २०७४÷०७५ मा ईन्द्रावती वृहत खानेपानी आयोजना अन्तर्गत गाउँपालिकाको खानेपानीको अति आवश्यक भएका ४, ५, ६, ७, ८, ९, १० र ११ नं. वडाहरुमा एक घर एक धाराको अवधारणा अनुरुप खानेपानीको सुव्यवस्था गर्ने उद्देश्यले फिल्ड सर्वे गरी विस्तृत पारियोजना प्रतिवेदन तयार गर्ने कार्य सम्पन्न भई सकेको छ ।
यो कार्यक्रमले निकै लोकप्रियता पाएको छ । साथै यस परियोजनाको कुल अनुमानित लागत रु २०५२८८८९५ रुपैया रहेको छ भने १३९४६ जना यस परियोजनाबाट लाभान्वित हुने देखिएको छ ।
आव २०७४÷०७५ मा नै इन्द्रावती गाउँपालिकाका १२ वटै वडाहरुमा खानेपानीको सम्भाव्यता अध्ययन गरी प्रत्येक वडाहरुमा २ वटाका दरले २४ वटा खानेपानी मुहानको सम्भाव्यता अध्ययन सम्पन्न गरिएको छ । यस आर्थिक वर्षमा त्यस्ता खानेपानीको विस्तृत खानेपानी परियोजना तयार गरी तत्काल एक ३ र एक धाराको अवधारणा अनुरुप कार्य गर्न गाउँपालिकाले कार्ययोजना बनाएको छ ।
 चक्रपथ निर्माण मार्फत सडक संजालको विस्तार गर्दै गाँउपालिकाले आव २०७४÷०७५ मा गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत ईन्द्रावती चक्रपथ विस्देउटार देवी झोलगे शीर्षकमा रु एक करोड वजेट  विनियोजन गरी १० मिटर चौडाइ र ४ किमि लम्वाइको नयाँ ट्रयाक खोल्ने काम सम्पन्न गरिएको छ ।
साथै गाउँपालिका १२ वटै वडाहरु बीच सडक संजालको विकास गरी यातायातको क्षेत्रमा सहज स्थिति कायम गर्नका निमित्त यस आर्थिक वर्षमा पनि क्रमागत योजनाको रुपमा सोही कार्यक्रमलाई समावेश गरी रु पचास लाख वजेट विनियोजन गरिएको छ । यो योजनाले गाउँपालिकाका नागरिकहरुको आर्थिक, सामाजिक विकास गर्नुका साथै गुणस्तर जीवनयापन गर्नमा सहयोग पु¥याउने स्थानीयहरुको भनाइ रहेको छ ।
पालिकाले शैक्षिक विकाशमा बिभिन्न कार्यक्रमहरु गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्नका लागी विद्यालय मर्ज तथा सेवा करारमा शिक्षक नियूक्तिको समेत व्यवस्था गरेको छ
ईन्द्रावती गाउँपालिका भित्र ५१ वटा सामुदायिक विद्यालयहरु रहेकोमा गाउँपालिकाद्वारा स्वीकृत शिक्षा ऐन बमोजिम शिक्षक विद्यार्थी संख्याको अनुपात, एक विद्यालयबाट अर्को विद्यालयबीचको दुरी एवम् भौगोलिक अवस्थाका आधारमा आ.व.२०७४÷०७५ मा ४ वटा आधारभुत तहका विद्यालयहरु मर्ज गरिएको थियो ।
सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका निमित्त शैक्षिक मापन तथा मुल्यांकनका संयन्त्रको प्रयोग गर्नका साथै शिक्षकहरुलाई तालिम प्रदान गरिएको थियो ।
आव २०७५÷७६ मा गाउंपालिकाका सामुदायिक विद्यालयहरुको आवश्यकता पहिचान गरी सक्षम, जागरुक जनशक्तिको नियक्ति गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ शिक्षक व्यवस्थापनका निमित्त रु एक करोड विनियोजन गरी शिक्षा ऐनमा व्यवस्था भए बमोजिम कार्यपालिकाले “शिक्षक छनौट परीक्षा संचालन कार्यविधि, २०७५” निर्माण गरी वालविकासमा ४ जना, आधारभुत तह (१ रु ५) मा १३ जना, आधारभुत तह (६ रु ८) मा ५ जना गरी जम्मा२२ जना गणित, विज्ञान र अंग्रेजी वालविकास र आधारभुत तह (१ रु ५) बाहेक) शिक्षकहरु सेवा करारमा नियुक्त गरी दरबन्दी रिक्त रहेका विद्यालयहरुमा खटाएको छ । 

,
Lokpriyasamachar@. Powered by Blogger.