नेपाल(पाकिस्तान ट्वान्टी–२० क्रिकेट प्रतिगोगिताको उपाधिपाँचपोखरी लाई ।


सागर खड्का, रेडियो मेलम्चीसिन्धुपाल्ल्चोक पाकिस्तानीदूतावासको आयोजनामाकाठमाण्डौमा सम्पन्नभएको नेपाल(पाकिस्तान ट्वान्टी–२० क्रिकेट प्रतिगोगिताको उपाधिसिन्धुपाल्चोकको पाँचपोखरी क्रिकेट क्लबले जितेको छ । बिहीबारभएको फाइनल खेलमाज्ञानेन्द्र मल्लको रोयल इन्डोर क्रिकेट एकेडेमि काढमाण्डौलाई ४३ रनले पराजितगर्दे उपाधिजितेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पाँचपोखरीले ८ विकेटको नोक्सानीमा १८३  रनको बिशाल योगफलतयार पारेकोे थियो । उसकालागि खेलकाम्यानअफ द म्याच रोशन सिंह बुढाल ले ९ बलमा ३२ रन बनाउनुका साथै ३ विकेट समेत लिएकाथिए । यस्तै अर्का ब्याट्सम्यानआकाश बिष्टले ५१, नबिन सिंह थापाले २७ रन बनाएकाथिए । १८३ रनको लक्ष्यलिएर मैदानउत्रेको रोयल इन्डोर क्रिकेट एकेडेमिले निर्धारीत ओभरमा ९ विकेट गुमाउदै मात्र १३९ रनमा समेटिएको थियो । प्रतियोगिताको बिजेता खेलाडिहरुलाई पाकिस्तानीदुतावासको मैदानमा शुक्रबार खेलकुदमन्त्रिजगत बहादुर बिश्वकर्माले पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.