तामाङद्वारा एकीकृत वस्ती शिलान्यास

पुर्ब कानुन मन्त्री शेरबहादुर तामाङले नागरिकहरु लाइ मौरीले जसरीकाम गर्न आग्रह गर्र्नुभएको छ । उहाँले भुकम्पले को सानो को ठुलो भन्ने भनाइको अन्त्य गरेको भन्दै अब सबै समान भएको बताउदै पुननिमार्णमा लाग्न आग्रह गर्नुभयो ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १२ थाक्लेमा बन्न लागेको थाक्ले एकिकृत नमुना बस्तिको  शिलन्यास कार्यक्रममा तामाङले यस्तो बताउनुभएको हो । उहाँले आफु बस्ने घर बनाउने भएकाले घर बनाउन आफैं अग्रसर हुनुपर्ने बताउनुभयो । बस्तिमा आवश्यक खानेपानि, बिजुलि बत्ति, मोटरबाटो निमार्णको  काम सरकारको भएकाले ढुक्क हुन आग्रह गर्नुभयो ।
कार्यक्रमका बिशोष अतिथि एवम् जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले मन र भावनाहरु एकिकृत नभएसम्म बस्ति एकिकृत हुन नसक्ने भन्दै मन र भावना एकिकृत बनाएर अगाडि बड्न आग्रह गर्नुभयो ।
उहाँले अबको ३ महिना भित्र बस्ति सम्पन्न गर्नुपर्ने भएकाले आत्मनिर्भर हुन पर्ने बताउनुभयो । त्यस्तै, मेलम्ची नगरपालिकाका उप्र प्रमुख भगवति नेपालले ३ महिना भित्र काम सक्न कुनैपनि अप्ठ्यारो नरहेको बताउनुभयो । उहाँले तालिम प्राप्त डकर्मिलाइ परीचालन पर्ने हो भने डकर्मिको अभाव नहुने बताउनुभयो । उप प्रमुख नेपालले बस्ति निमार्णमा नगरपालिकाले गर्नपर्ने कामगर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
सिन्धुपाल्चोकमा २ वटा एकिकृत बस्ति निमार्ण भएर हस्तान्तरण भइसकेको छ भने  अन्य १२ वटा एकिकृत बस्ति निमार्ण भइरहेका छन् । बस्ति निमार्णमा अक्सफाम र महिला आत्म निर्भरता केन्द्रको सहयोग र मेलम्ची नगरपालिकाको समन्वय रहेको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.