इटालियन ठेकेदार कम्पनीसँगको विवाद सतहमा

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माणमा संलग्न ठेकेदारको राहदानी नियन्त्रणमा लिएपछि सरकार र इटालियन ठेकेदार कम्पनीबीचको लामो विवाद सतहमा आएको छ ।
यो प्रकरणले मेलम्ची आयोजना चाँडै सकिनुको सट्टा अझै लम्बिने खतरा बढाएको छ।

सुरुङ नबनाउने नियतसाथ भाग्न खोजेको आशंका गर्दै सरकारले आइतबार ठेकेदार कम्पनी सिएमसी द रेभेनाका साइट कार्यालय प्रमुख क्रिस्टिनयानो क्रुजोसहित आठ अधिकारीको राहदानी नियन्त्रणमा लिएको थियो ।
सरकार र सिएमसीबीच लामो समयदेखि क्षतिपूर्ति विवाद चल्दै आएको छ । राहदानी जफत प्रकरणपछि यो विवाद अझ उत्कर्षमा पुगेको हो ।

,
Lokpriyasamachar@. Powered by Blogger.