चोरीको मोटरसाइकल सवारी धनीको हातमा

सिन्धुपाल्चोक जिल्लाको ईलाका प्रहरी कार्यालय मेलम्चीले चोरीको मोटरसाईकल फेलापारी सवारी धनीलाई बुझाएको छ ।
मंङ्सिर १९ गते काठमाडौंको मण्डिखाटारबाट हराएको बा ६३ प १४२४ नम्बरको मोटरसाईकल नम्बर परिर्वतन गरेको अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

दर्नालले बा ८७ प ७७५१ नक्कली नम्बर राखेको अवस्थामा फेला पारेको बताउनुभयो ।
 प्रहरीले फेला परेको मोटरसाईकल बुधबार सवारी धनी संखुवासभा मादी नगरपालिका घरभई काठमाडौं महाजगंज बस्दै आएका तेजकुमार लिङथेप लिम्बुलाई बुझाएको हो ।
पछिल्लो समय ईप्रका मेलम्चीले चोरी भएका मोटरसाईकलको बृहत खोजी सहित नियन्त्रणमा लिन सफल भएको छ ।
सवारी धनी तेजकुमार लिङथेप लिम्बु भने आफुले हराएको मोटरसाईक पाएपछि नीकै खुसी भएको बताउनुभयो । रासस

,
Lokpriyasamachar@. Powered by Blogger.