भूमिमा महिला अधिकारका लागि संयुक्त पुर्जा निर्माण





देवराज सुवेदी, ५ पुस, मेलम्ची
९० प्रतिशत महिलाहरु खेतीपातीको काम गर्छन । ६० प्रतिशत कृषि उत्पादनमा महिला किसानको योगदान छ । किसान महिलाहरुको सम्पत्तिको प्रमुख स्रोत जग्गा जमिन नै हो ।

तर  महिलाको भूमिमा कानूनी स्वामित्व भने १९.७१ प्रतिशत मात्र छ । यसमध्ये महिला किसान कति हुन् भन्ने स्पष्ट छैन । २०६८ को जनगणना अनुसार जनसंख्याको (१३६४५४६३) ५१.५ प्रतिशत महिला छन् । ५४,२७३०२ परिवारमा १९.७१ प्रतिशत परिवारमा महिलाको घर र जग्गाको स्वामित्व छ । त्यस्तै महिला घरमुली २५.७३ प्रतिशत मात्र छन् ।सरकारले २०६८÷०६९ को बजेट नीतिमा श्रीमानको नाममा भएको घर जग्गामा श्रीमती समेत दुवैको नाममा हुने गरी सँयुक्त पूर्जा बनाउँदा १०० रुपैँया राजस्व लाग्ने व्यबस्था गरेको थियो । महिला किसानहरु अधिकार सम्पन्न हुनु स्वयं महिलाका लागि मात्र नभई परिवार, समाज र राष्ट्रको चौतर्फी विकासका लागि हो । खेती पातीको काममा महिलाको योगदान धेरै भए पनि महिलाको भूस्वामित्व भने न्यून छ । रोजगारीको सिलसिलामा युवा र पुरुषहरु भारत लगायतका देशहरुमा जाने क्रम बढ्दो छ । अहिलेको परिवेशमा घरेलु लगायतका सम्पूर्ण कृषि कार्यको बोझ महिला किसानहरुको काँधमा आईपहेको छ ।भूमिमा महिलाको कानूनी स्वामित्व, पहिचान, समावेशी सहभागिता बढाउनु पर्ने आवस्यकता छ । वीउ वीजन, कृषि औजार र प्रविधि लगायतका सेवा र सुबिधा महिला किसान मैत्री बनाउनु पनि उत्तिकै आवस्यक छ । अझ भुकम्प पश्चात आवास तथा पुर्ननिर्माणमा महिलाको जति सहभागीता हुनुपर्ने हो । त्यो हुन सकेको छैन । प्राय जमिन पुरुषको नाममा छ । सरकारसंगको सम्झौता र निर्माण प्रकृयामा पनि पुरुषकै सहभागीता बढी छ ।  त्यसैले भूमिमा महिला अधिकार अभियानलाई सशक्तरुपमा अगाडि बढाउन जरुरी देखिन्छ ।सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले भुकम्प पश्चात पनी भूमिमा महिला स्वामित्वका लागी निरन्तर अभियान सञ्चालन गरिरेको छ । सोही अभियान अन्र्तगत हेल्भेटास नेपालसँगको साझेदारीमा हेलम्बु गाउँपालिकामा केन्द्रित गरेर संयुक्त पुर्जा निर्माण अभियान नै सञ्चालन गरेको छ । उक्त अभियान अन्र्तगत आत्मनिर्भर केन्द्रले जिल्ला मालपोत कार्यालयसँग सहकार्य गरेर समुदायमै टोली ल्याई हेलम्बु गाउँपालिकाको १५ वटा स्थानमा संयुक्त पुर्जा निर्माण शिविर राखी ३ सय २७ जोडीको संयुक्त पुर्जा बनाउन सहजीकरण गरेको छ ।संयुक्त पुर्जा निर्माण शिविरमा सहभागी हेलम्बु गाउँपालिका वडा नं. १ को घ्याङ्गुलका ग्याल्बु शेर्पाले श्रीमतीले पनी खेतीमा काम गर्ने तर अधिकार हामी पुरुषमा मात्र भएकाले आफ्नो नाममा भएको जमिनमा संयुक्त पुर्जा बनाएको बताउनु भयो । त्यस्तै हेलम्बु गाउँपालिका वडा नं. ५ की श्रीमाई तामाङ्ले आफुले जति खेतीमा काम गरेपनी अधिकार पुरुषको मात्र हुने । आज आफ्नो नाममा पनी जमिन जोडिएकाले खुशी भएको बताउनु भयो । भूमि अधिकार अभियानमा कृयासिल सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले भूमिमा महिलाको अधिकारको विषयमा वकालत गर्दा देशभर गरी ७ हजार ७ सय ५४ जोडीको संयुक्त निर्माण गरेको छ ।भूकम्पपछि धमाधम पुनःनिर्माण हुँदै सिन्धुपाल्चोकमा विद्यालयहरु ः कारीतास स्विसको सहयोगमा बन्दै गरेको हेलम्बुस्थित मेलम्ची घ्याङ माध्यामिक विद्यालय । तस्वीर ः देवराज सुवेदी, मेलम्ची (रासस)


, ,
Lokpriyasamachar@. Powered by Blogger.