श्रीलंका काउन्सिल प्रतिनिधिलाई स्वागत

काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले नेपाल भ्रमणमा रहेको म्यानमार तथा श्रीलंका प्रेस काउन्सिलको प्रतिनिधिमण्डललाई मायाको चिनो गैंडा तथा अंग्रेजी प्रकाशन हस्तान्तरण गरी स्वागत गर्नुभएको छ । बिहीबार एक कार्यक्रमका बीच काउन्सिलको प्रतिनिधिमण्डललाई स्वागत गरिएको हो ।
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष तथा विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष किशोर श्रेष्ठले भन्नुभयो –“भारतको प्रेस काउन्सिलले प्रिन्ट मिडिया मात्र हेर्छ, विश्वका अन्य मुलुकका काउन्सिललाई यतिधेरै क्षेत्राधिकार छैन जति नेपाललाई छ । नेपालको काउन्सिल शक्तिशाली छ, यसले वर्गीकरण गरेर लोककल्याणकारी विज्ञापन र सहयोगको लागि सिफारिस गर्छ, पत्रकारको परिचयपत्रको आधारमा स्वास्थ्य उपचार तथा प्रेस सामग्री खरिदमा अनुदान दिन्छ । आचारसंहिता उल्लघंनकर्ताले चाहिँ यो सुविधा पाउँदैनन् । 
अनलाइन, विद्युतीय तथा छापामाध्यमको अनुगमन गर्दछ, पत्रकारलाई पुलिस हिरासतमा राख्न दिँदैन । पत्रकारलाई धेरै जरिवाना गर्नु ठीक हुँदैन, त्यसैले अधिकतम् पाँच सय रुपैयाँ आर्थिक दण्ड दिने व्यवस्था छ । पत्रकारिता क्षेत्रलाई मर्यादित र जवाफदेही बनाउन पत्रकार महासंघकै सहमति र सुझावमा आचारसंहिता जारी छ, यसैअनुसार मिडियमाको अनुगमन र कार्वाही गरिन्छ । अर्को कुरा प्रेस काउन्सिल नेपालमा अधिकांश पत्रकारकै प्रतिनिधित्व छ । ”
पाहुनाको स्वागतमा आयोजित अन्तत्र्रिmयामा बोल्दै म्यानमार प्रेस काउन्सिलका अध्यक्ष ९१ बर्षीय ओन च्याइङ्ले नेपाली–बर्माली एकै हौं, एउटै बाटोमा अग्रसर छौं, ५० औं बार्षिकोत्सव तयारीमा रहेको प्रेस काउन्सिल नेपाल धेरै व्यवस्थित, धेरै अनुभवसहित शक्तिशाली रहेको आफूले पाएको बताउनुभयो । उपाध्यक्ष क्याव न्याइङ्ले भन्नुभयो –“ प्रजातन्त्रको अभ्यासको चरणमा आफ्नो देश रहेकाले नेपालको जति प्रेस स्वतन्त्रता छैन । ६ बर्षको अनुभव मात्रै छ । नेपालको काउन्सिल शक्तिशाली पायौं ।
यो उदाहरणीय पक्ष हो, हामीलाई प्रेरणा मिलेको छ, अध्यक्षको आज्ञाले दुई देशका काउन्सिलबीच सहयोग आदान प्रदान, आवतजावत, सहकार्यका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुँदैछ । यसले प्रेस स्वतन्त्रता र पत्रकारिताको विकासको लागि सहयोग पुग्नेछ । गौत्तम बुद्धको जन्मस्थल लुम्विनी नेपालमा भ्रमण गर्न पाउँदा र यहाँका जनताको न्यानो आतिथ्यता पाउँदा खुशी लागेको छ । ” सो अवसरमा श्रीलंकन प्रेस काउन्सिलका अध्यक्ष कोगला बान्दुला वेल्लालाले नेपालको प्रेस काउन्सिल मिडिया र सरकारसंग राम्रो सम्वन्ध कायम गर्दै पत्रकारिता क्षेत्रमा शक्तिशाली भूमिका निर्वाह गरेको बताउनुभयो ।
निर्वाचनताका नेपालको काउन्सिलले मिडिया अनुगमन गर्न पाएको भएपनि श्रीलंकामा त्यस्तो व्यवस्था नभएको उहाँको धारणा थियो । बुद्धको प्रेरणाले सञ्चार सिस्टम व्यवस्थित छ । त्यस्तै,  श्रीलंकाको सवैभन्दा ठूलो कलेजमा पत्रकारिता प्राध्यापन गर्नुहुने भ्रमणदलका सदस्य अरुना लोकुलियानाले यहाँको पत्रकार आचारसंहिता, आचारसंहिता अनुगमनप्रणाली, मिडियाको अभिलेखीकरणले हामीलाई महत्वपूर्ण जानकारी प्राप्त भएको बताउँदै मिडियाको नीति निर्माण तहमा सहयोग पुग्ने अपेक्षा गर्नुभयो ।
न्युज मिडियामा नैतिकता, पत्रकारिता शिक्षा र अनुभवको आदानप्रदान, दुईपक्षीय भ्रमण तथा सहकार्य  गर्नेसम्वन्धी समझदारीपत्र ःइग् मा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र म्यानमार प्रेस काउन्सिलका अध्यक्ष ओन च्याइङ् ःच। इजल प्थबष्लन ले हस्ताक्षर गर्नुभयो । भारत, श्रीलंका, बंगलादेशका प्रेस काउन्सिलसंग यसप्रकारको समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । पाहुनाटोली आजै पोखरा प्रस्थान गरेको छ, गौतम बुद्धको जन्मस्थल लुम्विनी, चितवन लगायत पर्यटकीय तथा ऐतिहासिक ठाउँको भ्रमणपछि पुस ३ गते आ–आफनो देश फर्कने कार्यक्रम छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासँग प्रतिनिधिमण्डलको भेटवार्ता
आजै सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासँग भेटघाट गरेका छ । भेटघाटकोक्रममा मन्त्री बाँस्कोटाले नेपाल भ्रमणमा रहेको टोलीलाई स्वागत गर्दै म्यान्मार र श्रीलंका नेपालका लागि निकट मित्र रहेको र मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुदै गएको बताउनुभयो । दुवै देश उपनिवेशको चरणबाट गुज्रिएर प्रजातान्त्रिक अभ्यास गरिरहेको र नेपालमा समेत प्रजातान्त्रिक स्वतन्त्रताको अभ्यास भइरहेकोले हामी सबै मिलेर समृद्व र सुखको लागि काम गर्नुपर्ने बताउनुभयो ।
दुवै देशमा बौद्धधर्मावलम्बीको बाहुल्यता रहेको, बुद्धको जन्म नेपालमा भएको हँुदा सांस्कृतिक तथा भावनात्मकरुपले सम्वन्ध जोडिएको औंल्याउदै नेपालमा पत्रकारिताको माध्यमबाट पर्यटन प्रवद्धर्न गर्न सकिने बताउनुभयो । आपसी हितको लागि उच्च स्थरिय भ्रमणहरु हुने गरेको उल्लेख गर्दै श्रीलंका चिकित्सकसहितको टोलीले भुकम्पको बेला नेपालमा उद्धार र राहतमा खटिएको बताउनुभयो । म्यानमार प्रेस काउन्सिलसँग पत्रकारिताका अनुभव आदान–प्रदान गर्दै काउन्सिलबीच हुने समझदारीलउदेश्य प्राप्त गर्न सकोस् भन्ने शुभकामना दिनुभएको थियो । 

,
Lokpriyasamachar@. Powered by Blogger.