‘सञ्चारको विकास नै स्थानीयको विकास हो’

सञ्चार क्षेत्रको विकास भए मात्र  स्थानीय  विकासले गति लिने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताउनुभएको छ ।
उहाँले स्थानीय सरकारले गरेका कामहरुका बारेमा राम्रालाई राम्रा र नराम्रालाई नराम्रा भनेर बास्तविकतामा रहेर समाचार प्रकाशन तथा प्रशारण गर्नपर्ने बताउनुभयो । जिल्लाबाट प्रकाशित एक मात्र राष्ट्रिय दैनिक पत्रिका लोकप्रिय समचार दैनिकले चौतारामा सञ्चालन भइरहेको रेडियो प्लानेट ८९.१ पनि सञ्चालन गर्न लागेकोमा शुभकामना दिँदै यस्तो बताउनु भएको हो ।
चौतारा नगरपालिकाले सुचना तथा सञ्चार क्षेत्रलाई प्राथमिकतामा राखेर यसको विकासका लागी सहयोग गर्दै आएको र सञ्चार माध्यमले पनि यथार्थमा रहेर काम गर्नपर्ने बताउनुभयो । बिकाशका कामहरुमा पारदर्शिता ल्याउँन र गलत काम गर्न बाट रोक्नलाइ सञ्चार माध्ययमहरुको ठुलो भुमिका रहने भएकाले यो भुमिका निर्बाह गर्न सबै लागी पर्न पर्ने बताउनु भयो ।
पत्रिकाको प्रधान कार्यलय रहेको वडा नं १४ का वडाअध्यक्ष शेरबहादुर श्रेष्ठले आफ्नो वडामा कार्यलय रहेको स.स्थाले जिल्लाकै पहिचान बोक्ने गरि नियमित दैनिक पत्रिका प्रकाशन र लोकप्रिय अनलाइन प्रकाशन गर्दागर्दै बाह्रबिसेका नागरिकहरुलाई पनि सञ्चारको सुबिधा पु¥याउन लोकप्रिय नेत्रज्योती रेडीयो १०६.६ मेगाहर्ज सञ्चालन गरेको र चौतारा नगरपालिकामा पनि लोकप्रिय रेडियो प्लानेट ८९.१ मेगाहर्ज सञ्चालन गर्न लागेकोमा खुशी व्यक्त गर्दै सञ्चार क्षेत्रले विकास निर्माणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
नेपाल निजामती कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष सुरज पौड्याल जिल्ला बन कार्यालयका साहयक बन अधिकृत हेमचन्द्र महतो  बातबरण तथा सरसफाइबिद तुलाराम धिमिरे, डडुवा बचत तथा ऋण सहकारी संस्थाका भेषबहादुर खत्री लगायतले सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
लोकप्रिय नेत्रज्योती सञ्चार समूहका कार्यकारी प्रमुख तथा लोकप्रिय समचार दैनिकका प्रकाशक नेत्रबहादुर बस्नेतले जिल्लाका कुनाकाप्चामा समाचारको पहुँच पु¥याउनका लागि आपूmले यस्तो पहल गरेको बताउनुभयो ।
लोकप्रिय समचार दैनिकका व्यवस्थापक सन्तोष भण्डारीले लोकप्रिय नेत्रज्योती १०६.६ मेगाहर्ज  रेडियो बाह्र्रबिसे, लोकप्रिय रेडियो प्लानेट ८९.१ चौतारामा मासिक रुपमा बिज्ञापनको सम्झौता गर्नेका लागि आप्mनो पत्रिकामा निःशुल्क बिज्ञापन प्रकाशन गरिने बताउनुभयो । रेडियो प्लानेटका अनर्ब प्रशारण प्रालिका सञ्चालक कर्मा लामाले रेडियो प्लानेट जिल्लाको पहिचान बोकेको लोकप्रिय नेत्रज्योती सञ्चार समूहले सञ्चालन गर्न लागेकोमा आपूmलाई धेरै खुशी लागेको बताउनुभयो ।
उहाँले विगत ६ वर्ष अगाडिदेखि सञ्चालनमा रहेको यो रेडियो सञ्चालन गर्न अब लोकप्रियले साँच्चिकै लोकप्रिय बनाउने छ भन्दै केही व्यक्ति तथा समुदायले कसैलाई सामुदाय र कसैलाइ कम्पनी भनेर बिज्ञापनमा भेदभाब गरेकोमा उदेक लागेको बताउँनु भयो । सरकारले रेडियोलाई २ प्रकारले  बिभाजन गरेको पाइएको छ । जसमा व्यवसायिक र सामुदायिक रेडियो  भनेर दर्ताको प्रक्रिया दुई प्रकारका भएतापनि विज्ञापनका लागि कुनैपनि विषय छुट्याएको छैन ।
यस अबस्थामा दुबै खाले रेडियो सञ्चालन गर्न कर्मचारी स्वयम्ले व्यवस्था गर्नपर्ने र खर्चमा कुनैपनि तलमाथी नहुने भएको यस अवस्थामा यो  विभाजीत कुरा गर्न नहुने बताउनुभयो । उहाँले  अब लोकप्रिय समचार दैनिकले रेडियो सञ्चालन गरेपनि आफूले समयसमयमा आवश्यकता अनुसार सहयोग गरी नै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.