सामाजिक उत्थान विषयक अन्तरक्रिया

दिपिन ढुङ्गाना/पुर्ब कानुन मन्त्री शेरबहादुर तामाङले सामाजिक उत्थान कार्यक्रम स्थानिय तहसँगै समन्वय गरेर अघि बड्नुपर्ने बताउनुभएको छ । सामाजिक उत्थान कार्यक्रम तथा लेभि सरोकार बिषयक अन्र्तक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
हेल्मो सिन्धु मेलम्ची उपत्यका उत्थान कार्यक्रम सन्चालन समितिले मंगलबार हेलम्बु २ सेर्माथानमा आयोजित कार्यक्रममा पुर्ब मन्त्री तामाङले सरकारले पानीलाइ प्राकृतिक स्रोतका रुपमा राखिएको पनि बताउनुभयो ।
कार्यक्रममा प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले प्राकृतिक स्रोतबाट  प्राप्त हुने राजस्वबाट स्थानिय र प्रदेश सरकारले २५ २५ प्रतिशत र केन्द्रले ५० प्रतिशत पाउने कानुनी ब्यवस्था  भइसकेकाले लेभिका बिषयमा स्पस्ट भएको बताउनुभयो ।
उहाँले मेलम्ची खानेपानि दैनिक १७ करोड २८ लाख लिटर लैजाँदा पनि मेलम्ची नदिमा राम्रै मात्रामा पानि रहने वातावरणिय प्रभाव मुल्याङ्कन रिपोर्टमा स्पस्ट भएको बताउनुभयो ।
मेलम्ची नदिमा सुख्खा याममा समेत २६ करोड लिटर पानी रहने रिपोर्टले देखाएकाले पानी कति लैजाने र कति छाड्ने भन्ने विषयमा विवाद गर्न जरुरी नभएको बताउनुभयो । समितिका अध्यक्ष उपेन्द्र तामाङले अब समितिको बैठक राखि आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताउनुभयो । स्थानियले पाउने लेभि स्पष्ट नभएकाले आन्दोलनसम्म गर्न परेको तामाङले बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य निमा लामा, इन्द्रमाया गुरुङ, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेज शोर्पा, मेलम्ची खानेपानीका उपकार्यकारी निर्देशक थापाले पनि मन्तब्य राख्नुभएको थियो ।
मेलम्ची खानेपानि प्रभाबित क्षेत्रका जनप्रतिनिधि, गाउँ सामुदायिक समतिका अध्यक्ष लगाएत सरोकारवाला हरुको उपस्थितिमा भएको सो अन्र्तक्रिया कार्यक्रममा मेलम्चीको पानि काठमाडौं लगेसँगै मेलम्चीले के पाउने भन्ने बिषयमा छलफल भएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.