इर्खूमाबीले मनायो ५९औ बार्षिीक उत्सब


लोकप्रिय समचार , इर्खु माध्यमिक विद्यालयले एक समारोहका बीच वार्षिकोत्सव मनाएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ स्थित इर्खुमा रहेको इर्खु माध्यमिक विद्यालयले ५९ औं वार्षिकोत्सव बुधबार एक विषेश कार्यक्रम गरी मनाएको हो ।


जिल्ला शिक्षा विकास इकाई सिन्धुपाल्चोकका प्रमुख गौरीशंकर पाण्डेले एक भव्य समारोहका बीच सिन्धुपाल्चोकमै ऐतिहासिक र नौलो तरिकाबाट मनोरञ्जनात्मक तरिकाले वार्षिकोत्वसको उद्घाटन गर्नुभएको हो ।
केक काटेर गरिएको वार्षिकोत्वस उद्घाटन गर्दै प्रमुख पाण्डेले इर्खु माध्यमिक विद्यालय साँच्चिकै सामुदायिक विद्यालयमा नमूनाको रुपमा प्रस्तुत हुन खोजेकोमा प्रशंसा गर्दै चौतारा नगरपालिकाको दोस्रो उत्कृष्ट विद्यालयको रुपमा इर्खुलाई हेरिएको बताउनुभयो ।
उहाँले जिल्ला स्तरीय छात्रा भलिवल प्रतियोगितामा इर्खुले प्रथम स्थान ओगटेर खेलकूद विकासमा थप उर्जा प्राप्त गरेकोमा समेत विषेश धन्यवाद दिँदै शिक्षक, अभिभावक, विव्यस सबैले विद्यालयको स्तर उन्नतीका लागी  एक भएर अगाडि बढेकोमा विषेश धन्यवाद दिनुभयो ।
कार्यक्रममा विषेश अतिथि वडा नं. ८ का वडाध्यक्ष तीर्थबहादुर श्रेष्ठले आफूले वडामा रहेका सबै विद्यालयका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विषेश कार्यक्रमको योजना अगाडि सारेको हुँदा शिक्षा विकासमा सहयोग गर्न कुनैपनि कञ्जुस्याई नगरिएको बताउनुभयो ।
उँहाले चौतारा सँँगाचोकगढी नगरपालीकाका कुनै पनी नागरिक शिक्षाबाट बञ्चीत हुन नपरोस भनेर नगरपालीकाले शिक्षा बिकाशका लागी बिशेष चासो दिइरहेको बताउँनु भयो । नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष तुलसीप्रसाद दंगालले विद्यालयको शिक्षा विकासमा सामुदायिक विद्यालयले अपनाउनुपर्ने विधि अपनाएर गुणस्तरीय शिक्षा दिएको पाइएकोले यसप्रति विद्यालयलाई विषेश धन्यवाद दिनुभयो ।
विषेश अतिथि पूर्व अध्यक्ष तथा समाजसेवी कृष्णध्वज थापाले विद्यालयमा शिक्षकको दरवन्दी थप गर्नुपर्ने, विद्यालयले विभिन्न व्यक्तिबाट प्राप्त गरेको दानको जग्गालाई सदुपयोग गरेर उत्पादनमूलक कार्यमा लगाउनुपर्ने विद्यालयको नाममा जग्गा उत्पादन भएका खाद्यान्न तथा फलफूलले विद्यालयका शिक्षक विद्यार्थीलाई सिकाईमा सहयोग पु¥याउने बताउनुभयो ।

उँहाले बिद्यालयलाइ यो स्थिती सम्म ल्याउँनका लागी बिशेष भुमिका निर्बाह गर्नुहुने संस्थापकहरु सहयोगीहरु सबैलाइ बिशेष धन्यबाद दिनु भयो । अर्का अतिथि ज्ञान मन्दिर माविका अध्यक्ष रामकृष्ण दंगालले विद्यालयमा हरेक सिकाईमा पाठ्यपुस्तकमा भन्दापनि प्रयोगात्मक सिकाई उपलब्ध हुने बताउनुभयो । शुभकामना मन्तव्य राख्ने क्रममा विद्यालयका जग्गादाता नेत्रप्रसाद दंगालले इर्खु माविका विद्यार्थीहरुले गरेको प्रगतीको प्रशंसा गर्नुभएको थियो भने माध्यमिक विद्यालयका प्लस टू सञ्चालक संयोजक प्रकाश दंगालले इर्खुमा पढ्ने र पढाउने होइन, सिक्ने र सिकाउने विद्यालयको रुपमा हेर्ने गरिएको बताउनुभयो ।कार्यक्रममा छिमेकी विद्यालयका प्रधानाध्यापकहरु, विव्यस अध्यक्षहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक महोन कार्कीले गर्नुभएको थियो भने विद्यालयका प्रअ अमृत दंगालले विद्यालयको वार्षिक नीति तथा कार्यक्रम र प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै विव्यस अध्यक्ष भगवान खड्काले विद्यालयमा सहयोगी हातहरु बढिरहेकोमा खुसी व्यक्त गर्दै यसरी  सहयोगी हातहरु बढ्नुमा विद्यालयको गुणस्तरीय शिक्षा नै मुख्य कारण रहेको बताउनुभयो ।
विद्यालयले विभिन्न विद्यार्थी, अभिभावक, चन्दादाताहरुलाई स्वागत र सम्मान गरिएको थियो । शिक्षाप्रेमी रामकृष्ण दंगाललाई विषेश सम्मान गरिएको उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्र्रस्तुत गरिएको थियो ।  कार्यक्रम लोकप्रिय नेत्रज्योती संञ्चासमुह अन्तरगत लोकप्रियरेडियो प्लानेट८९.१ले प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।
कार्यक्रममा स्रोतव्यक्ति डम्बर श्रेष्ठ लगायत अभिभावक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.