शूरु भयो हल्लोबेदको परिकार १४ नं वडालाइ कृषीपकेट घोषणको माग

सन्ध्या बस्नेत डडुवा
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४लाइ कृषी पकेट क्षेत्र  घोषणा गरेर कृषकलाइ प्रोत्साहन दिन पर्ने वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले बताउँनु भएको छ ।

नेत्रज्योती कृषी सहकारी संस्था लिमीटेडको संयोजनमा  नगर सुधार समितकिो ब्यबस्थापनमा भएको  फलफुल  परिकार निर्माण को उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो ।
  वडाकार्यलय ले वडाका सबै कृषकहरको जमीन बाँझो नरहोस भनेर बिशेष सहयोग गरिरहेको बताउँदै कृषी उत्पादनमा बिशेष सहयोग गर्ने बताउँनु भयो । वडा नं १४मा उत्पादन भएका दुध, गोलभेडा,काउली, बँन्दा मकैले राष्ट्र्यिता पायकोमा खुशी ब्यक्त गर्दै अब हल्लोबेदको पनी जाम तथा जुस निर्माण गरेर राष्ट्र्यि स्तरमा वडाको पहीचान दिन पर्ने बताउँनु भयो । नगरपालीकाले आयआर्जनमुलक कार्यक्रम तथा घरेलु तथा साना उद्योगमा समेत बिशेष सहयोग गरेकोले स्थानीय स्तरमा उत्पादीत समाग्रीको संरक्षण र यसको बजारिकरणले गर्द  स्थानीय रोजगारमा  ठुलो सहयोग पुगेकोले यसलाइ बिशेष् प्रथमिकतामा राखेर सहयोग उपलबध गराउन पर्ने समेत बताउनु भयो ।
वडा नं १४मा भएको कार्यक्रममा  स्वागत मन्तब्य राख्नु हुँदै स्थानीय जनहित दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष एब डडुवा भवानी शङ्कर माध्यमि बिद्यालयका प्रधानध्यपक बद्री प्रसाद नेपालले नेत्रज्योती कृषी सहकारी संस्थाले हरेक पटक नयाँ नयाँ प्रबिधी गाँउमा भित्र्याएर कृषकलाइ सहयोग गरेको  गाँउमा नै उत्पादन भएका चिजहरको गाँउमा नै ब्यबस्थापन गर्न खोजेकोमा बिशेष धन्यबाद दिदै डडुवामा सबै भन्दा पहीले खेतीयोग्य जमीनलाइ खेती गर्न सहजताका लागी हाते ट्याक्टरको ब्यबस्था गरेकोे, बिद्यालयका दिबा खाजा कार्यक्रममा स्थानीय सतरमा उत्पादीत पोष्टिक खाद्यान्नको प्रयोग गरेर खाजामा ब्यबस्थापन गराएको  र हाल आएर गाँउमा खेर गइरहेको हल्लोबेदलाइ समेत खाद्यान्नको रुपमा परिकार निर्माण गर्ने योजनजा ल्याएर कामको शुरुवात गरेकोमा बिशेष धन्यबाद दिनु भयो ।
सहकारी संस्थाका सचिब नेत्रबहादुर बसनेतले सञ्चालन गर्नु भएको उक्त कार्यक्रमको सभापतीको आसनबाट बोल्दै  नगर सुधार समितीका सचिब समेत रहनु भएका नेत्रज्योती कृषी  सहकारी संस्था  फलफुल परिकार निर्माण समितकिा कृष्णबहादुर ठकुरीले  चौतारा सँगाचोक गढी नगर पालकिा मध्य अरु वडामा भन्दा पनी १४ नं वडामा सहकारकिो केन्द्यि कायृलय रहेकोले यस वडालाइ केन्द्र मानेर यो योजना शुरु गरेका बताउँदै  हल्लोबद धनीहरुले वडाकार्यलयमा सम्पर्क राखेर  हल्लोबेद दिन र अरु वडाकाहरुले पनी सम्पर्क राखेर हल्लोबेद बिक्री गर्न अनुरोध गर्नु भयो ।  हल्लोबेद पेलेर वडाअध्यक्ष्य शेर बहादुर श्रेष्ठले  उद्ध्घाटन गर्नु भएको थियो  । कार्यक्रममा १४ नं वडासदस्य भेषबहादुर खत्री  लगाएत वडा सदस्यहरु डडुवा भवानी शंङ्कर माबीका अध्यक्ष बलराम तामाङ्ग,डडुवा बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष केशब प्रसाद नेपाल , बज्रयोगीनी अपाङ्ग मैत्री सहकारी संस्थाका अध्यक्ष चतुर बहादुर बहादुर तामाङ्ग   वडा स्तरिय महीला संञ्जालको कोषाध्यक्ष सिता बस्नेत लगाएत को उपस्थिती रहेको थियो ।

, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.