मर्मत र स्तरोन्नती हुँदै नगरपालिकाका सडक

स्थानीय सरकार सञ्चालनमा आएपछि विकासका कार्यक्रमहरु प्रतिष्पर्धात्मक ढंगले अगाडि बढिरहेको छ । यसै सन्दर्भमा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकामा पनि नयाँ सडक निर्माण तथा पुराना सडकको मर्मत, स्तरोन्नतीमा तीव्र रुपले काम भइरहेको छ । 


चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा विकासे बजेट विनियोजन भए अनुसार साँगाचोकदेखि डडुवासम्म जाने मोटरबाटो स्तरोन्नती कार्य पनि तीव्र रुपले अगाडि बढिरहेको छ ।
साँगाचोकदेखि डडुवा जाने सडक स्तरोन्नती गर्ने क्रममा यस वर्ष २६०० मिटर सडकखण्ड निर्माण गर्ने योजना रहेको छ । उक्त योजनाको लागि  २५ लाख रुपैंया बजेट समेत विनियोजन गरेको छ । उक्त बजेटको कार्य सम्पन्न गर्ने शिलशिलामा उपभोक्ता समितिका अध्यक्ष उमेश श्रेष्ठ लगायतले अन्य पदाधिकारीहरु लागि परेका छन् ।
चौतारा साँगाचोकगढी नगरपलिकाको अनुदान सहयोगमा गरिरहेको उक्त योजनाले साँगाचोक डडुवासम्म जाने सडक ग्रावेल तथा कालोपत्र गर्नका लागि पूर्व तयारी गर्न यो कार्यक्रम गरिएको छ ।
२६०० मिटर लम्बाई सडकको दाँयाबाँया चौडाई ८ मिटर हुने  गरी सडक फराकिलो बनाउने र नाली निर्माण गरिने गरी सम्झौता भएको उपभोक्ता समितिका अध्यक्ष उमेश श्रेष्ठले बताउनुभयो ।
अहिलेसम्म लगभग ३५ प्रतिशत कार्य सम्पन्न भएको समेत श्रेष्ठले बताउनुभयो । गत केही वर्ष पहिलेदेखि यस सडक निर्माण कार्यले तीव्रता पाइरहेको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.