कृष्ण रत्नगंगाको वार्षिकोत्सव सम्पन्न

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नपा वडा नं. ५ मा रहेको जेठो विद्यालयको रुपमा परिचित श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयले  एक सकरोहको बिच आफ्नो ७२ औं वार्षिकोत्वस मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको सभापितत्वमा पुर्व मन्त्री माननीय अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा उत्सव मनाइएको हो । जिल्लाका प्रतिष्ठित व्यक्तित्वहरु, पुर्व विद्यार्थी लगायत विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीहरुको व्यापक सहभागिता रहेको थियो ।
समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुको समेत उपिस्थति रहेको थियो भने विभिन्न व्यक्तित्वहरुलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ध्रुबलाल श्रेष्ठले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने विद्यार्थीहरुबाट प्रयोगात्मक कलाको प्रस्तुत गरेका थिए । विभिन्न प्रकारका प्रयोगात्मक प्रर्दशनिको जानकारी लिँदै  प्रमुख अतिथि सापकोटाले कृष्ण रत्नगंगा माविले सोचेको भन्दा पनि बढि प्रगती गरेको बताउनुभयो ।

बिहीबार भएको मुल समरोहमा अतिथिहरुले शुभकामना मन्तव्य राख्नुका साथै जिल्लाका कलाकार चेतन सापकोटाले सिन्धुपाल्चोक लगायत गीत गाउनुभएको थियो । यसैगरी गायक कमली कान्ता भेटवालले पनि आफनो गायन प्रस्तुत गरेर मनोरन्जन दिनुभएको थियो ।
त्यस्तै पुस्कार वितरण तथा सम्मान गर्ने कार्यक्रम गरेर कृष्ण रत्नगंगा माध्यामिक विद्यालयको वार्षिकोत्वस मनाइएको थियो । यो विद्यालय भुकम्पपछि अस्थाइ कक्षामानै सञ्चालन हँुदै आइरहेको छ । हाल विद्यालयको नयाँ भवन बनाउने कार्य जारी छ । यस विद्यालयले यसपालि वार्षिक उत्सवको अवसरमा चौतारा नगरभित्रका सामुदायिक विद्यालयहरुको माििव स्तरिय फुटबल प्रतियोगिता पनि आयोजना गरेका थिए ।
कार्यक्रमको लोकप्रिय नेत्रज्योती १०६.६ मेगाहर्ज बाह्रबिसे र लोकिप्रय प्लानेट ८९.१ मेगाहर्ज चौताराले प्रत्यक्ष प्रसारण गरेको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.