मेलम्ची नगरपालिकाको नगर सभा सुरु


मेलम्ची नगरपालिकाको नगर सभा मेलम्चीमा २६ गतेदेखि सुरु भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख उपप्रमुख सबै वडाका अध्यक्ष तथा वडा सदस्यहरुको उपस्थितिमा सभा सुरुवात भएको हो ।
 सभामा नगरपालिका प्रमुख डम्बर अर्यालले नगरपालिकाको आगामी नीति तथा कार्यक्रम हरुलाई प्रस्तुत गर्नुभएको थियो भने उप प्रमुख भगवती नेपालले नगर कर र स्थानीय बिनियोजन ऐन बारेमा जानकारी दिँदै नगरपालिका को आर्थिक बर्ष ०७५÷७६ को गतिविधि  को बिषयक विद्येक प्रस्तुत गर्नु भयको थियो । कार्यक्रममा जितराज थापाले सार्वजनिक निजि तथा साझेदारी र एफ एम रेडियो  सञ्चालन तथा व्यवस्थापन बिषयमा विद्येक प्रस्तुत गर्नुभयो । 
त्यस्तै मेलम्ची नगरपालिका–३ का वडा अध्यक्ष बसन्त गुरुङले विपद जोखिम न्युनिकरण तथा जलवायु परिवर्तनमेलम्ची नगरपालिका–५ का वडा अध्यक्ष सुदर्शन लुईटेलले नगर प्रहरी कार्यन्वयन गठन सम्बन्धि विद्येक प्रस्तुत गर्नु भयको थियो । कार्यक्रममा वडा सदस्य हरुको बिचार संकलन तथा गुनासो समाधान को पहल गरिएको छ ।


,
Lokpriyasamachar@. Powered by Blogger.