जग्गा दाताबाटै भबनको सिल्यान्यास



सिन्धुपाल्चोेक जिल्लाको चौतारा साँगाचोक गढी नगर पालीका  वडा नं १२ स्थित
जनकल्याण आधारभुत बिद्यालय को  नब निर्मीत भबन  एक कार्यक्रमको बिच सिल्यान्यास गरिएको छ ।
जग्गादाता बुद्धीबल तामाडगले २७ गते एक समारोहका बिच सिल्यान्यास गरिएको हो । भुकम्पका कारण षेती पुगेको  बिद्यालय भबन निर्माण गर्न समस्या भइ रहेको अबस्थामा तामाडगले जग्गा समेत दान गर्नु भएको थियो ।
बाह्र्रआना तिन पैसा  दुइ दाम ( करिब तेह्र्लाख मुल्य पर्ने ) जग्गा बिद्यालयलाइ दान दिएर भबनको समेत सिल्यान्यास गरिएकोमा उँहा लगाएत उँँहाका परिबारलाइ बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष  पुर्ण बहादुर तामाडगले बिशेष धन्यबाद समेत दिनु भएको छ । बिद्यालय भवा सिल्यान्यास गर्नु पुर्ब लामा बिधी द्धारा स्वस्ती बाचन समेत गरिएको थियो । लामा  गूरु दिनेश लामाले बिद्यालय स्वस्ती शान्तीको बचन गर्नु भएको थियो ।
कार्यक्रममा शिक्षक बिद्यार्थी र अभिभाबकहरुको उपस्थिती रहेको थियो । भबन निर्माणका लागी जिल्ला शिक्षा सम्मन्वय इकाइ बाट आर्थीक अनुदानको ब्यबस्था मिलाइएको अध्यक्ष पुर्ण बहादुर तामाडगले बताउँनु भयो । 

, ,
Lokpriyasamachar@. Powered by Blogger.