मिलिजुलीको साधरण सभा सम्पन्न


 हरेक मानीसहरुलाइ  आर्थीक बिकाश गर्न तथा रोजगारको ब्यबस्थागर्नका लागी  सहकारीले महत्वपुर्ण   भुमिका निर्बाह गरिरहेको  चौतारा सागाचोकगढी नगरपालिका वडा नं ५ का अध्यक्ष नरमान श्रेष्ठले   बताउँनु भएको छ ।
उँहाले सहकारीताको माध्यमबाट गरेका प्राय सबै कामहरु पारदर्शिता हुने र   सहकारीले एक आपसमा सदभाब मैत्री बातबरणको समेत श्रृजना गर्ने  भएकाले यसको आबश्यकता घर घरमा भएको बताउँनु भयो ।  मिलीजुली महिला बचत तथा  ऋण सहकारी संस्था लि. चौताराको २० औं साधारणसभा मा प्रमुख अतीथीका आशन बाट बोल्दै उँहाले यस्तो बताउँनु भएको हो ।
सहकारीको साधरण सभा शनीबार चौतारामा  भएको हो । मिली जुली सहकारी संस्थामा महिलाहरूले मात्रै बचत गर्ने गरेका छन् ।   सो अबशरमा महिलालाई आर्थिक पक्षमा  सक्षम बनाउन र बचत गर्ने बानी बसाल्नु  सहकारीको मुख्य उद्देश्य भएको अध्यक्ष मिना देबी श्रेष्ठले बताउनु भयो । साधारणसभामा  सचिव सीता श्रेष्ठले सहकारीको प्रगति बिवरण प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष आकृति घलेले आयब्यय बिबरण प्रस्तुत गर्नुभएको थियो ।
 सदस्य रमिला श्रेष्ठले  आफुलाइ पछि आवश्यक पर्न सक्छ भनेर दैनिक सय रुपैया   बचत गर्ने गरेको बताउनुभयो । यस्तै अर्का सदस्य    रुकमनी श्रेष्ठले आफुले कमाएको पैसा  बचत होस र आवश्यक परेको बेला काम लग्छ भनेर मासिक तीन सय बचत गर्नेगरेको सुनाउनु भयो । साधारण सभामा सहकारिले असली ऋणी शीर्षक मा डम्बर कुमारी मल्ललाई सम्मान गरेको छ । यसैगरी असली बचत शिर्षकमा शोबिता श्रेष्ठलाई सम्मान गरेको छ ।

, , ,