तातोपानी आधारभुत बिद्यालयले मनायो ४५ औँ बार्षिकउत्सब


कमला गुरुगं
तातोपानी
 भोटेकोशी गाउँपालिका वडा नम्बर २ मा अबस्थित श्री तातोपानी आधारभुत बिद्यालयको ४५ औँ बार्षिकउत्सब सम्पन्न भएको छ । कार्यक्रमका प्रम्ख अतिथी भोटेकोशी गाउँपालिका अध्यक्ष राजक्मार पौडेल , कार्यक्रमका बिशिष्ट अतिथी  भोटेकाशी गाँउ पालीकाको उप प्रमुख दाबूटी शेर्पा रहनु भएको थियो । त्यस्तै अन्य बिशेष अतिथीहरुमा  , वडा नम्बर २ का वडा अध्यक्ष दिपेन्द्र क्मार श्रेष्ठ ,वडा नम्बर ५ का वडा अध्यक्ष सुपा लामा  रहनु भएको थियो । कार्यक्रमका प्रम्ख अतिथी राजक्मार पौडेलले बार्षीक उत्सबको उद्धघाटन गर्दै  शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी गाउँपालिकामा आफ्ले काम गरीरहेको बताउन्भयो । उँहाले  वटा वडामा मन्टेश्वरी कक्षा सञ्चालन गर्ने र निजी बिद्यालयमा  बालबालीका  पढाउन बिस्तारै कम  गर्ने बताउन्ू भयो  । बालबालिकालाई अग्रेँजी माध्यमबाट कसरी पठनपाठन गर्ने भन्ने बिषयमा गम्भीर छलफल भईरहेको बताउँदै गुण स्तरिय शिक्षाका लागी सबै लाग्न पर्ने बताउँनु भयोे । तातोपानी नाका सञ्चालन हँुदा बालबालिका पढ्न छोडेर सिमाना पार गरी सामान तार्न जाने गरेको र अहिले सडक निर्माण कार्यमा बालबालिका संलग्न हुने गरेकोले उनीहरुलाई बिद्यालय पठाउनका लागी अभिभाबकले पनी  जिम्मेवारी बहन गर्न पर्ने बताउँनुभयो । साथै उहाँले बालबालिकालाई श्रममा नलगाउन अभिभाबकलाई अनूरोध गर्नूभयो ।, । कार्यक्रमको बिशेष  अतिथी भोटेकोशी गाँउपालीकाको उप प्रमुख दाबुटी शेर्पाले बिद्यालयलाई जग्गा दान गर्ने बिद्यालय निर्माण गर्न,सहयोग गर्ने,  पठनपाठन गर्न र हाल यस अबस्था सम्म ल्याउँन सहयोग गर्ने ब्यक्तिहरु प्रति हार्दिक आभार ब्यक्त गर्नुभयो । उँहाले शिक्षाको बिकाशका लागी भोटेकोशी गाउँपालिकाले श्रोत र साधनले भ्याए सम्म  सक्दो सहयोग गरीरहेको जानकारी दिनु भयो  । बालबालिकालाई उचित शिक्षा प्रदान गर्न अभिभाबकको कर्तब्य पुरा गर्न उहाँले आग्रह गनर््भयो  । कार्यक्रमको शुरुवातमा बिद्यार्थी हरुले स्वागत मन्तब्य प्रस्ु्त गरेका थिए । बिद्यालयमा भए गरेका क्रियाकलाप र आगामी दिनमा हुने कार्यक्रमका बिषयमा बिद्यालयका प्रधानध्यापक कृष्ण प्रसाद नेपालले बार्षिक प्रतिबेदन प्रस्तुत गनर््भएको थियो । बिद्यालयका लागी जगा दान गर्ने जग्गादाता , बिद्यालय समितीका  ब्यबस्थापनका पुर्ब अध्यक्ष , पुर्ब प्रधानध्यापक , र उत्क्ष्ट शिक्षक शिक्षिकालाई सम्मान पनि गरिएको  थियो । कार्यक्रममा आफनो मन्तब्य प्रस्त्त गदैँ पुर्ब प्रधानध्यापक भरतक्मार बस्नेतले बिद्याथीहरुलाई शिक्षा प्रदान गरी असल ब्यक्ति बनाई  गन्तब्यमा पुर्याउँन शिक्षकको महत्वप्र्ण भुमीका रहेको बताउँन्भयो । घरमा आफना बालबालिकालाई पढाउने वाताबरण बनाउने र समय समयमा अभिभाबकले आफ्ना बालबालिकाको पढाई र अन्य क्रियाकलापको बारेमा बुझ्न बिद्यालय आउँन अभिभाबकलाई अनुरोध गर्नुभयो । वडा नम्बर २ का वडा अध्यक्ष दिपेन्द्र क्मार श्रेष्ठले आजका बालबालिका भनेका भोलिका कर्णधार भएकोले  आफ्ना बालबालिकाको भबिष्य कस्तो बनाउँने भन्ने कुरामा अभिभाबकले गम्भीरतापुर्बक सोच्न्पर्ने जानकारी दिन्भयो । पढ्ने लेख्ने समयमा बालबालिकालाई श्रममा लगाएमा उनीहरुको उज्जवल भबिष्य अन्धकार बन्न पुग्ने भएकोले समयमा नै अभिभाबकले बालबालिकालाई बिद्यालय पठाउन सबै  ले पहल गर्न पर्ने बताउँनुभयो । साथै उहाँले कार्यक्रममा बिद्यालयमा आधुनिक प्रबिधीबाट पठनपाठन भएमा बिद्यार्थीको क्षमतामा अभिब्द्दि ह्ने बताउँनु भयो । उँहाले  शैक्षिक क्षेत्रको विकासका लागी आफ्ले सहयोग गर्दै आएको र आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गनर््भयो। कार्यक्रमका सभापति तथा बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष  बिष्णु श्रेष्ठले बिद्यालयको स्थापना कालदेखि हालसम्म धेरै चुनौतीहरु  आएको भएपनि त्यस्ता समस्यालाई समाधान गर्दै बिद्यालय आज यो स्थानमा आएकोमा सबै खुशी हुनुपर्ने बताउन्ुभयो । आफ्ले पढ्ने बेलामा गाउमाँ बिद्यालय नभएको हुनाले काठमाण्डौमा गएर पढ्दा धेरै सडर्घष गर्नुपरेको स्मसण गराउँनु भयो । उँहाले  अब यस बिद्यालयलाई अग्रेजी र प्रबिधीमैत्री माध्यमबाट पठनपाठन गरी अन्य बिकसीत सहर सँग प्रतिस्पर्धा गर्ने बनाउन आफु लागी परेको बताउन्भयो । बिद्यार्थी हरुले संस्कुती झल्कने गित  र नाच पनि प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घाटन  प्रम्ख अतिथी र सभापतिले दीप प्रज्वलन गरी  गन्भएको थियो  । कार्यक्रममा उपस्थित सम्प्र्ण अतिथीहरुलाई मायााको चिनो प्रदान  गरिएको थियो । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष एबम बिष्णु भक्त श्रेष्ठ को सभापतीत्वमा भएको कार्यक्रममा , नेपाल  प्रहरीका , प्रहरी निरीक्षक हिरा सिह महरा, अभिभाबकहरु  , पत्रकार भु पु बिधार्थी छिमेकी बिद्यालयका प्र अहरु शिक्षक शिक्षिका हरु र सर्बसाधरणको बाक्लो उपस्थिती रहेको थियो ।   

, , , ,
Lokpriyasamachar@. Powered by Blogger.