सोलुखुम्बुमा खेलाडी सम्मान कार्यक्रम, तेक्वान्दो प्रशिक्षक गुरुङ सम्मानित

खेलकुदको माध्यमले अन्तराट्रिय सम्वन्धलाई जोड्ने हुनाले यस्को प्रर्वद्धन गर्न आवश्यक रहेको प्रदेश सभा सदस्य  उत्तमकुमार  वस्नेतले बताउनुभयो । नेचासल्यान गाउँपालिकामा जुनियर तथा सिनियर बेल्टको परिक्षा तथा खेलाडी सम्मान कार्यक्रम २०७५ मा प्रमुख अतिथिको आसनवाट वोल्दै प्रदेश न १ का सदस्य बस्नेतले यस्तो बताउनु भएको हो ।

आन्तरिक पर्यटन प्रर्वद्धनमा समेत खेल क्षेत्रको भुमिका हुनेमा जोड दिँदै प्रदेश सरकारको तर्फवाट समेत यसप्रकारका कार्यक्रम तर्जुमा प्राथमिकतामा परेको बताउनु भयो ।


यस्तै कार्यक्रमका विशेष अतिथि गाउँपालिका अध्यक्ष डुफकुमार वास्तोलाले गाउँपालिकाले खेलकुद क्षेत्रलाई आफुहरुको प्राथमिकतामा राखेकोमा जोड दिदै पुर्वाधार विकासमा समेत काम भइरहेको बताउनुभयो । चेतना विस्तार युवा परिवारको आयोजनामा भएको खेलाडी सम्मान कार्यक्रम आयोजना गरिएकोमा तेक्वान्दो खेलको विकासमा पुर्याएको योगदानका कारणले कोरियन प्रशिक्षक योङ दल क्वानका साथै नेपाली प्रशिक्षक रमेश गुरूङ र रामचन्द्र ब्यन्जनकार सहित  ३५ जना तेक्वान्दो खेलाडी सम्मानित भएका छन् ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा भएका खेलमा जिल्लाको तर्फवाट सहभागी भइ पदक प्राप्त गर्ने खेलाडीहरुलाई सम्मान गरिएको आयोजक सस्थाका अध्यक्ष जगनाथ वास्तोलाले बताउनुभयो । सम्मान कार्यक्रममा कोरियन प्रशिक्षक योङदोल कोङले सोलुखुम्वु जिल्लाको तेक्वान्दो क्षेत्रको विकासमा आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रमका अवसरमा योङदोल कोङले चेतना विस्तार युवा परिवारलाई तेक्वान्दोको खेल सामग्री समेत प्रदान गर्नुभयो । त्यस्तै गरी नेपाल तेक्वान्दो संघ, ३ नम्बर निर्णायक कमिटि सदस्य रमेश गुरुङ , मैत्री तेक्वान्दो डोजाङका प्रशिक्षक रामचन्द्र ब्यन्जनकारको पनि उपस्थित रहेको थियो ।

कार्यक्रमको अवसरमा आयोजना गरिएको खुला चेस प्रतियोगीतामा नेचासल्यान गाउपालिका ३ का होम प्रसाद कटेलले उपाधी हात पारेका छन् भने क्रमशः फस्ट रनर अप खोटाङका सौधन राईले प्राप्त गरे भने नेचासल्यान ४ का छवीलाल वास्तोला तृतिय भएका छन् । विजेतालाई क्रमश ५ हजार, ३ हजार र २ हजारका साथमा प्रमाणपत्र वितरण गरिएको छ ।

हिमाल एफएम, सोलु एफएम, गोरखापत्र दैनिकका जिल्ला संवाददाता सन्तोस राउत, कान्तिपुर दैनिकका ओखलढुङ्गा संवाददाता कुम्भराज राई लाई भुगोलमा रहेर समाज रुपान्तरणमा भुमिका खेलेकोमा प्रशंसा गर्दै सम्मान गरिएको छ । जिल्लामै पहिलो पटक भएको खेलाडी सम्मान कार्यक्रममा सोलुखुम्वुमा रहेर तेक्वान्दो प्रशिक्षण गर्नुहुने न्वाङ केशाङ लामा लाई सम्मान गरिनुका साथै विशिष्ट पाहुनाहरुलाई मायाको चिनो प्रदान गरिएको छ ।

सोही दिन खेलाडीहरुको ग्रेडीङ समेत गरिएको छ । कार्यक्रम नेचासल्यान ३ को चाँदनी हलमा भएको हो ।

,
Lokpriyasamachar@. Powered by Blogger.