भोटेकोशीका युवा किवी खेतीमा आकर्षित

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकामा  अहिले युवाहरु गाउँमै फर्किएर नयाँ प्रविधिमा लागेका छन् ।भोटेकोसि गाउँपालिका वडा नम्बर १ लिस्तिमा ग्लोरियस एग्रो प्राइभेट लिमिटेड कम्पनीले किवी खेतीको सुरुवात गर्न थालेपछि अहिले सो भेगका युवाहरु किवी खेति प्रति आकर्षित भएका छन् ।

दुईवर्षमै फल दिने किवी आम्दानीको गतिलो स्रोत भएपछि उक्त व्यवसायमा युवाहरुको आर्कष बढेको हो । लिस्तिमा ग्लोरियस एग्रो प्राइभेट लिमिटेड कम्पनीले २०७१ मंसिर देखी किवी खेती गर्दै आएको हो । अन्न उत्पादनको लागि खेतीयोग्य जमिन उपयुक्त नभएको उक्त क्षेत्र किवीको लागि भने अनुकुलता मिलेको छ ।
अत्यन्तै पौष्टिक फल किवी हिमाली भेगहरुमा फस्टाउने एक किसिमको प्रजाती हो । जति उचाईको भूभागमा लगायो उति गुलियो हुने किवी खेती भोटेकोशीका विभिन्न ठाउँहरमा लगानेगरी गाउँपालिकाले बजेटको समेत व्यवस्था गरिएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।
नाका बन्द भई व्यवसाय ठप्प हुदा अन्य सम्भावना नभएपछि उनीहरु राजधानी लगाएत देशका विभिन्न शहरहरुमा विस्थापित हुन पुगेका थिए भने कोही खाडीमुलुक झरेका थिए ।

,