महीला नेतृत्व बिकाश सम्बन्धी तिन दिने प्रशिक्षण शुरु

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालीका चौतारा  स्थित   फिल्ड टे्र्रडिङ्ग सेण्टरमा   महीला नेतृत्व बिकाश सम्बन्धी तिन दिने   प्रशिक्षण शुरु भएको छ ।

  नेतृत्व बिकाश  बिकाश तालीमको  उद्धघाटन गर्दै प्रतिनिधी सभा सदस्य  माननीय शशी श्रेष्ठ ले पछिल्लो समयमा  महीलाको हक हित र अधिकारका लागी सरकार पनी  बिशेष  चासो राखेको  हरेक पालीकाहरुको  न्यायलयको उच्च स्थानमा   महीलाहरु रहेको देशको पनी  राष्ट्र् पती लगाएत केही महत्वपुर्ण पदमा महीलाहरु रहेको स्मरण गराउँदै यो उपलब्धीलाइ मात्र उपलब्धी मान्न नहुने बताउँनु भयो ।
उँहाले  महीलाहरु कुनै ब्यक्ती बिरोधी होइनन तर अन्याय , अत्याचारीहरुको बिरोधमा लागेका बताउँदै   बिशेष गरि महीलाहरु माथी हुने बिभेदको बिरोधी भएको बताउँनु भयो ।
उँँहाले बास्तविकतामा रहेर महीलाहरु ले काम गर्ने हो भने महीलाहरुमा ठुलो शक्तीको  बिकाश हुने बताउँनु भयो ।  महीलाहरुले  अरुले नेतृत्व देलान र लिउँला भन्ने होइन नेतृत्व लिन आफै अगाडी सर्नु पर्छ भन्नु भयो ।  समाज परिबर्तनका लागी  पनी महीलाहरुकै भुमिका महत्वपुर्ण हुने बताउँदै अब घरको मात्र नेतृत्व होइन समाजको नेतृत्व लिन अग्रसर हुन पर्ने समेत बताउँनु भयो ।
चौतारा साँगाचोक गढी नगरपालीकाका उप प्रमुख जानुका पराजुलीले   महीलाहरुले हरेक  क्षेत्रमा आफ्नो  उपस्थिती देखाउँन पर्ने बताउँदै  सक्षम नेतृत्वका लागी महीलाहरु अगाडी आउँन पर्ने बताउँनु भयो । उँहाले स्थानीय स्तरमा हुने घरेलु हि ंसा का बिरुद्ध लाग्न अनुरोध गर्दै यसका लागी हरेक महीलाले मदीरा निषेधित क्षेत्र  घोषणाको  लागी पहल गर्न पर्ने  बताउँनु भयो ।
उँहाले महीलाहरले   पुर्णरुपमा अधिकार पाइ नसकेको बताउँदै अधिकारका लागी आफुहर पनी सक्षम हुन पर्ने बताउँनु भयो ।

हरेक टोल क्षेत्रमा  महलिालाइ अन्याय परेको देखीमा त्यसका बिरुद्धमा लाग्न अनुरोध गर्दै अरुको दमानमा होइन स्वतन्त्रतामा रहेर सबै मानबको अधिकार बराबर गरि काम गष्र्न अनुरोध गर्नु भयो ।  चौतारा साँगाचोक गढी नगर पालीका वडा नं ५का वडा अध्यक्ष नरमान श्रेष्ठले  महीलाका हक हितका लागी महीलाहरुलाइ अगाडी बढाउँनका लागी नगर पालीकाले बिशेष सयोग गरिरहेकोबताउँदेै  घरेलु हिंसा बिरुद्ध आफुहरु लागी परिरहेको बताउँनु भयो ।
  साहयक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले आफु अरु जिल्लामा गएको भए प्रजिअ  भएर जान पाउँने थिए तर यस जिल्लामा साहयककै  पदमा काम गर्न रोजेको बताउँनु हुँदै  सिन्धुपालचोक जिल्लामा अरु जिल्ला भन्दा बढी महीलाहरु माथी हिंसा हुने गरेको भन्ने समचारहरु आइरहेकाले  आफु महीलाको हितका लागी सिन्धुपाल्चोक आएको बताउँनु भयो ।
उँहाले नागरिक्ता लिदाँको समयमा  पुरुषको मात्र नाम उल्लेख गर्नु भन्दा पनी महीलालाइ अगाडी राखेर सिफारिस गर्ने ब्यबस्था गर्न सबेै वडाध्यक्षहरुलाइ  आग्रह गर्नु भयो । जिल्ला महीला संञ्जालका अध्यक्ष  उमा प्रधानले केही पालीकाहरुले  महीलाको नाममा अझै पनी  आफै योजना बनाउँने गरेको र महीलाको लागी  खाशै चासो नदेखाएको पाइएकाले हरेका पालीकामा चौतारा साँगाचोकगढी नगर पालीकाले जस्तै महीला स.ञ्जाल मार्फत काम गर्न पर्ने बताउँनु भयो ।
सञ्जालकै सचिब  अम्बीका नेपालले महीलाको शशक्तीकरणका लागी अझै धेरै सघंर्ष गर्न बाँकी रहेको बताउँनु भयो । अखिल नेपाल महीला संघ  क्रान्तीकारीका सचिबालयका सदस्य अमृता नेपालले  महीलाहरु सँग भएका कला र सिपको सदुपयोग गरेर अगाडी बढ्न सके मात्र स्थानीय स्तरमा बिकाशले गती लिने भएकाले अब हरेक क्षेत्रमा महीलाको नेतृत्व अनिबार्य भइ सकेको बताउँनु भयो । महीला नेतृ  सिता थापाले हरेक महीलाहरु सँग हरेक प्रकारका सिप हुन्छन यिनीहरुको संरक्षण गर्दै  महीलालाइ शशक्तीकरण गराएर अगाडी बढाउँन पर्ने बताउँनु भयो ।
चौतारा साँगाचोक गढी नगर महलिा संञ्जाल ले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्दघाटन सत्रको नगर  महीला संञ्जालका अध्यक्ष मिना नेपालको अध्यक्षतामा भएको थियो भने सचिब तारा देबी रानाले संञ्चालन गर्नु भएको थियो । फिल्ड ट्रेडिङ्ग सेण्टर चौतारामा  ३,४,५गते सम्म तिन दिन चल्ने उक्त नेतृत्व बिकाश  प्रशिक्षण कार्यक्रममा माननीय  शशी  श्रेष्ठ , अभियानता रामशरण बिक लगाएतले प्रशिक्षण दिइरहनु भएको छ । 

, ,