खानेपानीको समस्याको समधान कहीले हुने ठुलो सिरुवारीमा पुरी

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगचोकगढी  नगरपालीका  साबकि ठुलो सिरुवारी गाउँ बिकाश समिती ं १मा२०३१बैशाख ६ गतेका दिन  पिता पदम बहादुर पुरी   र माताँ  डम्बर कुमारी पुरीको कान्छा सुपुत्रका रुपमा जन्मनु भएका बार्ष ४४का डोप बहादुर पुरी ध्रुब जो कोहीले पनी नाम सुनेको हुन पर्छ । जसले सानै उमेर देखी सामाजीक काममा अग्रसरता रही आउँनु भएको थियो ।
पछिल्लो समयमा आएर   सिन्धुपाल्चोकको जिल्ला  चौतारा सँँगाचोकगढी नगरपालकिा वडा नं १३ स्थित श्री छाप भष्मे खानेपानी उपभोक्ता समितकिा अध्यक्ष्य समेत रहनु भएका पुरी सँग गरिएको कुरा कानीको शााराशं  
१  तपाइ सामाजीक बिकाशका लागी सक्रीय रहनुको कारण के हो
 ।
 म सानै उमेर देखी बिकाशका कामहरुमा सहजी करण गर्न अगाडी बढ्नका लागी चाहाना भएका कारण म त्यस तर्फ लाग्ने बढी चासो गरेको थिए । मै ले जान्ने हँुदा बिगत धेरै बर्ष पहिले देखी  ठुलो सिरुवारी लगाएत  आसपासका नागरिकहरुको सेवा सुबिधाका लागी धेरै सघर्ष गर्न परेको सुनेको थिए  ।  मैले जान्ने हुदाँको बेला देखी नै गाँउको  बिकाशका लागी नेतृत्व गरेर आइ रहनु भएका मेरा पिताको सिको गर्दै सामाजकि सेवामा लागेको हो ।  
 २  तपाइ अहिले खाने पानी उपभोक्ता समितीका अध्यक्ष हुनुहुन्छ  त्यहा खाने पानीको अबस्था कस्तो छ । 
 बिगतका धेरै बर्ष अघी देखी ठुलो सिरुवारी  खानेपानी पिडीत गाँउ  को रुपमा परिचित भएको ठाँउ हो । यँहा खानेपानीको ठुलो सम्स्या थियो । पछी  २०५४ साल देखी खानेपानीको समधानका लागी स्थानीय हरु लागी परेको र सोही बर्ष देखी खानेपानीको स्थाइ समधानमा  खानेपानी अभियान्ताहरु लागी परेको भए पनी अहिले सम्म स्थाइत्व हुन सकेको छैन ।
३ तँपाइ अध्यक्ष रही रहनु भएको खानेपानी  कँहा कँहा सम्म सञ्चालन भइ रहेको छ ।
साबीक वडा नं १,२,३मा संञ्चालन भइ रहेको छ ।  ५५साल देखी  नै सामान्यरुपमा चलीरहेको खाने पानीे पछिल्लो समयमा  जनसंख्याको बृद्धी सँगै  मुहान सुक्दै गएको कारण सङ्कटमा पर्न थालेको थियो । २०७२को भुकम्पले झनै जिर्ण अबस्थामा  खाने पानी पुगेको  छ ।  यसको तत्काल  अर्काे ब्यबस्था गर्न जरुरी भइ सकेको छ ।  यसका लागी पटक पटक मर्मत सम्भार गर्नका लागी सम्बन्धीत निकाय सँग अनुरोध गर्दा समेत  सुनुवाइ नभएको अबस्थामा स्थानीय उपभोक्ताहरु स्वयमले आफै मर्मत सम्भार गरेर  खानेपानी  चलाइ रहेका छन । 
४ स्थानीय सरकार  आइ सकेको छ  अब  पनी समस्या समधान  भएको छैन ।
 स्थानीय सरकार त आयो  नै तर हाम्रो खानेपानीका लागी आए जस्तो पनी भएन  किन भने हामी यो खानेपानी मर्मत तथा नयाँ ब्यबस्था गरिदिनका लागी जनप्रतिनीधी संँग धेरै पटक आग्रह गर्रयौ  तर अहिले सम्म    सुनुवाइ  भएको छैन ।
५ ठुलो सिरुवारीमा भुकम्प पछी कुनै गैर सरकारी सस्थाहरु पनी खानेपानीका लागी  आएन त ।
 आए सेवक नेपाल भन्ने संस्था आयो त्यसेैका कारण झन उपभोक्ताहरु समस्यामा परेका छन । उक्त सेवक नेपाल भन्ने संस्थाले बर्षैपिच्छै  सर्बे गरिरहेको हुन्छ तर काम गर्देन अरुलाइ गर्न पनी दिदैन वडा अध्यक्षलाइ भन्दा गत मंसीर महीनामा मा नै खाने पानीको योजना सम्पन्न गरिदीने  भने पनी  हाल सम्म खानेपानीको ब्यबस्था भएको छैन । सेवक नेपालले खाली सर्बे गर्ने  उपभोक्तालाइ खाने पानीको  ब्यबस्था नगर्ने के कारण हो  भनी सोद्धा कहीले अर्काे बर्ष हुन्छ भन्छ कहीले के भन्छ  तर खाने पानीको ब्यबस्था  गरिदिएन त्यसकारण स्थानीय सरकारको समेत ध्यानकर्षण गराउँद छ्ु । 
  गाँउमा समाजसेबीका नामले परिचित रहनु  भएका ध्रुब पछिल्लो समयमा  स्वतन्त्र राजनितीमा पनी सक्रीय हुन खोज्नु  भएको थियो ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.