सरकारी बिद्यालयमा अग्रेँजी माध्यमबाट पढाई सुरु


कमला गुरुड
बाह्रबिसे
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुकदेब रिसालले वडा नम्बर २ र ३ मा पछिल्लो समय सरकारी बिद्यालयको पढाईको अबस्था बुझ्नको लागी बिद्यालय अनुगमन गर्नु भएको छ ।
श्री गोल्मा राजा आधारभुत बिद्यालय , हरिसिद्दि आधारभुत बिद्यालय , बुद्द आधारभुत बिद्यालय , धुस्कुन आभारभुत बिद्यालय , लालीगुरास आभारभुत बिद्यालय , सिद्दिकाली आधारभुत बिद्यालय , सेतीदेबी आभारभुत बिद्यालय र महेन्द्र प्रताप मा बि मा कक्षा नर्सरीको पढाई कस्तो छ र भनी अनुगमन गरेको  उहाँले बताउनु भयो । सरकारी बिद्यालयमा पढेका बिद्यार्थीहरु अग्रेँजी बिषयमा कमजोर हुने भएकोले कक्षा ३ सम्म अहिले अग्रेँजी माध्यमबाट पठनपाठन भईरहेको र अझै वडाका बिद्यालयको शैक्षिक अबस्थामा सुधार ल्याउन आफुले सकेको सहयोग गर्दै आएको र वडाले शैक्षिक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्दता उहाँले जनाउनुभएको छ । अभिभाबकले सरकारी बिद्यालयको पढाई गुणस्तर छैन भन्दै बोडिड स्कुलमा बालबालिका पढाउने गरेकोले सरकारी बिद्यालयमा बिद्यार्थीको सड्ख्या घटेको छ । बालबालिकालाई समयमा बिद्यालय पठाउन ,  घरमा गृहकार्य गर्न लगाउन ,आफनो बालबालिकाको पढाईमा चासो राखेर बिद्यालयमा आएर बुझेमा सरकारी बिद्यालयको पनि पढाई राम्रो हुने र  बालबालिकालाई गाउँगाउँबाट बोडिडमा पढ्न पठाउनु भन्दा अभिभाबक , शिक्षक , बिद्यार्थी र बिद्यालय ब्बस्थापन समितीका अध्यक्ष मिली गाउँकै बिद्यायलाई बोडिड बनाउन सकिने उहाले बताउनु भयो । कक्षा नर्सरी देखि बिद्यार्थीले  पढाईमा उत्कृष्ट नतिजा ल्याए पछि सम्म पढाई राम्रो हुने भएकोले पढ्न नजानेका साना बालबालिकालाई पढाईमा सक्षम नभई माथिल्लो कक्षामा नलाने यसो गर्दा पछि गएर समस्या हुने अध्यक्ष रिसालले बताउनुभयो ।
अनुगमन गरेका बिद्यालयमध्ये हरिसिद्दि आधारभुत बिद्यालय , बुद्द आधारभुत बिद्यालय र महेन्द्र प्रताप माबि उत्कृट बिद्यालय गणना गरिएको छ । कुनै पनी ठाउँको बिकास र समृद्दिको लागी शिक्षा महत्वपूर्ण भएकाले कुनै पनि ब्यक्ति शिक्षाबाट बञ्चित नहुन उहाले सबैलाई आग्रह गर्नुभएको छ । आजका बालबालिका भनेका भोलिका कर्णधार हुन उनीहरुको उज्वल भबिष्य निर्माणको लागी शिक्षा आबश्यक छ । घरको काम गर्न मात्रै लगाउने नगर्नुस आफ्ना बालबालिकाको भबिष्य कस्तो बनाउने भन्ने जिम्मेवारी अभिभाबकको पनि हुन्छ उहाँले बताउनुभयो । वडा नम्बर २ र ३ को केन्द्रबिन्दुको रुपमा रहेकोे श्री महेन्द्र प्रताप मा बि गाउँपालिकाकै नमुना बिद्यालय रहेको र अब जिल्लाकै नमुना बिद्यालय बनाउने लक्ष्य रहेको बिद्यालय ब्बस्थापन समितीका अधयक्ष बलराम न्यौपानेले जानकारी दिनुभयो । पहिले अबस्था भन्दा बिद्यालयको शैक्षिक अबस्थामा सुधार आएको र अझै सुधार गर्नको लागी अभिभाबक , बिद्यार्थी र शिक्षक शिक्षिकाको महत्वपूर्ण भूमीका हुने बि . स . अ न्यौपानेले बताउनुभयो । अन्य बिद्यालयबाट यस बिद्यालयमा पढ्न आउने भएकोले यस बिद्यालयलाई नमुनाका रुपमा बिकास गरेमा  अन्य बिद्यालयले पनि शैक्षिक अबस्थालाई सुधा्रदै अगाडी बढ्ने उहाँले बिश्वास लिनु भएको छ । बिद्यालयका प्रधानध्यापक सुरज भटराईले पछिल्लो समय बिद्यालयमा भौतिक अबस्था , स्रोत साधन र शैक्षिक अबस्थामा सकरात्मक सुधार हुदै गएको बताउनुभयो । बिद्यार्थीहरु नियमित रुपमा बिद्यालयको पोशाकमा आउने र खाली पिरियडमा पनि कक्षामा बस्ने पढ्ने र घण्टी नलागी बाहिर ननिस्कने गरेको प्रधानध्यापक भटराईले बताउनुभयो । साना बालबालिकालाई बिद्यालयबाटै खाजा र खेल्ने साम्रगीको ब्यबस्था भएपछि बिद्यालय नियमित रुपमा आउने गरेको उहाँले बताउनुभयो । शिक्षक शिक्षिकाहरु प्नि समयमा बिद्यालय आउने गरेको र बिद्यालयको शैक्षिक अबस्थामा परबर्तन गर्न आफु सधै लागीपरिरहने उहाँले प्रतिबद्दता जनाउनुभयो । सरकारी बिद्यालयमा पनि अग्रेँजी माध्यमबाट पढाई सञ्चालन भएमा अगेँ्रजी बोल्न र बुझ्न समस्या नहुने र हरेक क्षेत्रमा अग्रेजी र आधुनिक शिक्षा आबश्यक भएकाले अग्रेँजी पठनपाठनमा सबैले जोड दिने उहाँले बताउनुभयो । अभिभाबकले पनि बालबालिकाको पढाई प्रति रुचि देखाउन जरुरी रहेको उहाँले बताउनु भयो । नेपाली मातृभाषा भएकाले बोल्न सजिलो भएको र अब अग्रेजी माध्यमबाट पठनपाठन हुन आबश्यक रहेको बताउनुभयो । वडा नम्बर  ३ मा भएका सबै बिद्यालयलाई कक्षा ३ सम्म अग्रेजी माध्यमबाट पढाउने र कक्षा ४ मा पढ्न महेन्द्र प्रतापमा आउने बिषयमा छलफल भईरहेको जानकारी दिनुभयो ।गाँउपालीकाले आफ्नो पालीका भित्र
का नर्सरी  का  बिद्यार्थीहरुलाइ निशुल्क किताब दिनका साथै वडा अध्यक्षले पनी गुण स्तरिय शिक्षाका लागी आबश्यक ब्यबस्था गरिरहेको छ  ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.