‘नगरका नागरिक स्वस्थ्य हुनु जरुरी’

नगरका नागिरकहरु स्वास्थ्य रहेमात्र नगर विकासमा सहयोग पुग्ने भएकाले स्वास्थ्य र शिक्षाको  लागि बाह्रबिसे नगरपालिका अति संवेदनशिल भएर काम गरिरहेको बाह्रबिसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभएको छ ।

उहाँले बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा भएको निःशुल्क आँखा शिविरको उपचारमा सहभागी नगरका आँखा रोगीहरुसँग छलफल गर्दै यस्तो बताउनुभएको हो ।





नगरपालिकाले नगर भित्र रहेका कुनैपनि नागरिकलाई स्वास्थ्य सेवाबाट बञ्चीत हुन नपरोस् भनेर समय समयमा शिविरको समेत व्यवस्था गरेको बताउँदै नगरपालिकको यो अभियानलाई सघाउ पुग्ने काम गर्नुभएका समाजसेवी भुपेन्द्रबहादुर थापा लगायत आयोजक परिवारलाई विशेष धन्यबाद समेत दिनुभएको छ ।
शिक्षाको विकास भयो भनेमात्र नगरको विकासका लागि विशेष सहजता हुने भएकाले नगरका सबै वडा तथा स्वास्थ्य केन्द्रहरुमा यस्ता प्रकारका शिविर सञ्चालन गरेर स्वास्थ्यको पहुँच पुर्याउन नगरपालिकाले सम्भव भयसम्म स्रोत साधनको प्रयोग गरी सहयोग गर्ने समेत बताउनु भएको छ ।
पत्रकार नेत्रबहादुर बस्नेतसँग कुरा गर्दै नगर प्रमुख शेर्पाले नगरको विकासका लागि कुनै पनि भेदभाव नगरेको र आफ्नो लागि नगरका सबै नागिरक सबै वडा बराबर रहेको बताउनुभयो । विकासका बजेटहरु अनियमितता हुन नदिन आफू सचेत रहेको समेत बताउँदै सबैले तनमन लर्गार जनताका काममा लाग्नुपर्ने बताउनुभयो । बाह्रबिसे नगरपालिका शारदा मावि बाह्रबिसे भोटेकोशी पावर  हाउस  नेपाल रेडक्रस सोसाईटी बाह्रबिसे, बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे  आयोजक र व्यवस्थापन भने सुनकोशी इन्द्रावती समाजले गरेको थियो ।  बिपि कोईराला लायन्स नेत्र अध्ययन केन्द्र त्रिविवि शिक्षण अस्पताल महारागञ्ज मुख्य आयोजक रहेको थियो ।


शिबिर पौष २३ गतेदेखि २६ गतेसम्म मोतिबिन्दु भएका आँखाका रोगिहरुका लागि निःशुल्क निरिक्षणका साथै निःशुल्क शल्यक्रिया गरिने  बताउँदै शिविरमा २४ गते दोस्रो दिनसम्म हजारबढीले स्वास्थ्य परीक्षण गरेका र दुई सय भन्दा बढीले शल्यक्रिया गरेको थाहा भएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.