प्रथम सिन्धु खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता २०७५



भोटेकोसी गा. पा. २ कोदारी ,
तातोपानी तेक्वान्दो डोजाङद्वारा आयोजित प्रथम सिन्धु खुल्ला मैत्रीपुर्ण तेक्वान्दो प्रतियोगिता कोदारी मा.वि. को प्राङ्गणमा भब्यताका साथ सम्पन्न भएको छ । प्रतियोगिता  तातोपानी तेक्वान्दो डोजाङ, कोदारी र हिराहरी तेक्वान्दो डोजाङ, चौताराका खेलाडीहरु विच भएको थियो । 

          ८ स्वर्ण छ रजत पदक  सहित आयोजक टिम तातोपानी तेक्वान्दो डोजाङ प्रथम भएको छ भने ६ स्वर्ण  ६ रजत पदक सहित हिराहरी तेक्वान्दो डोजाङ दोस्रो भएको छ । पुरुष उत्कृष्ट खेलाडी हिराहरी तेक्वान्दो डोजाङका बिशाल लोप्चन र महिला उत्कृष्ट खेलाडी आयोजक तातोपानी तेक्वान्दो  डोजाङका कल्पना श्रेष्ठ भएका थिए ।

         प्रतियोगिताको समापन समारोहमा  तातोपानी तेक्वान्दो डोजाङ कार्य समितिका उपाध्यक्ष श्री गोरे गुरुङ ज्युले सभाध्यक्ष गर्नु भएको थियो  भने भोटेकोशि गा. पा. वडा नं. द्द का सदस्य श्री अमृता घतानी ज्यु प्रमुख अतिथि हुनुहुन्थ्यो  तेस्तै गरि अतिथिहरुमा राजनैनिक दलका प्रतिनिधि , मितेरि युवा क्लब्का सचिब घ्याम्सो तामाङ,  एकता विजनेश ग्रुपका प्रतिनिधि, अध्यागमनका प्रतिनिधि श्री कोदारी मा. वि. का शिक्षक वर्ग  लगायत खेलकुद प्रेमिको बाक्लो उपस्तिथि रहेको थियो । यो प्रथम संस्करण कोदारीमा सम्पन्न भएपश्चात् अर्को  संस्करण सिन्धु जिल्लाको अन्य ठाउमा हुने कुरा तातोपानी तेक्वान्दो डोजाङका डोजाङ  प्रमुख तथा प्रतियोगिता संयोजक श्री अजय गुरुङ ज्युले जानकारी दिनु भएको छ  । समापन समारोहको खेलाडी कल्पना श्रेष्ठले सन्चालन गरेको थियो ।

, , ,