बादर नियन्त्रणको लागी आजको गाउँ सभाबाट ५ लाख बजेट बिनियोजन


कमला गुरुङ्ग  बाह्रबिसे

त्रिपुरासुन्दरी गाउँपालिकाको आजको चौँथौ गाउँसभाबाट धुस्कुनबाट शुरु गर्ने गरी बादर नियन्त्रणको लागी ५ लाख बजेट बिनियोजित गरिएको छ । किसानहरुलाई धेरै दुख दिएको र अन्नपात , फलफुल केही बाकी नराखेपछि किसानहरु चिन्तित भएर बादर नियन्त्रण अभियान शुरु गरिएको हो  । सिन्धुपाल्चोक जिल्लामामै बादर नियन्त्रणको लागी बजेट बिनियोजित गर्ने धुस्कुन पहिलो वडा हो । बादर नियन्त्रक सम्पर्कमा आएपछि बजेट बिनियोजित गरिएको हो ।
बन्यजन्तुलाई कानुन बिपरीत मार्ने भन्दा समातेर  राष्ट्रिय निकुञ्जमा लगिने कार्यक्रममा निर्णय भएको छ । बादरले घरघरमा आएर दुख दिने गरेको र अनेक उपाय खोजी गर्दा पनि उपयुक्त उपाय नभेटिएकोले बादरलाई समातेर निकुञ्जमा पठाईने योजना बनाइएको हो । वडा नम्बर ३ धुस्कुनबाट शुरु गरिएको बादर नियन्त्रण कार्यक्रम अन्य वडामा पनि छिटै सञ्चालन गर्ने र बिशेष गरी धुस्कुनमा बादरले सबैभन्दा क्षति गरेकाले यसै वडाबाट सो कार्यक्रम सञ्चालन गरिएको हो । बादर नियन्त्रणको लागी अहिले ५ लाख बजेट बिनियोजन गरिएको र वडाले ५ लाख बजेट बिनियोजन गरी किसाानहरु बादरको दुखबाट मुक्त हुने बिश्वास लिईएको छ ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.