महिलालाई मखमलको तालिम

लोकप्रिय संवाददाताचौतारा साँगाचोकगढी नगरपालिका, महिला वहुउद्देश्यीय सहकारी संस्था,लिमिटेड,चौतारा र स्वच्छ व्यवसायी समूह नेपाल, झम्सिखेल, ललितपुरको आर्थिक सहयोगमा ३ हप्ते मखमलको जुत्तामापोते भर्ने तालिम १३ गते देखि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ मासंचालन भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका उपमेयर जानुका पराजुलीको प्रमुख अतिथी, विशेष अतिथी वडा नं.५ का वडा अध्यक्ष नरमान श्रेष्ठ, सुचना अभियन्ता रीना श्रेष्ठको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता महिला बहुउद्देश्यिय सहकारी संस्थाका उपाध्यक्ष दिल कुमारी श्रेष्ठले गर्नु भएको थियो ।
प्रमुख अतिथी उपमेयर जानुका पराजुलीले ३ हप्ते तालिमबाट प्राप्त सिपबाट उत्पादन भएका सामाग्रीहरुको वजार व्यवस्थापनको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने साथै आवश्यक विउँपुजी उपलब्ध गराउन समेत नगरपालिकाले सहयोग गर्न सक्ने हुँदा ३ हप्ते तालिम उपलब्धीमूलकको कामना गर्नुभएको छ ।
कार्यक्रममा विशेष अतिथी नरमान श्रेष्ठले तालिममा सहभागीहरुलाई सीपको माध्यमबाट आर्थिक शशक्तिकरण गर्दै कुटिर उद्योगको रुपमा विकास गर्न सफल रहोस भन्ने शुभकामना व्यक्तगर्नु भएको थियो ।
भुकम्पप्रभावित परिवारका लागि दिगो जिविकोपार्जन सहयोग परियोजना अन्र्तगत मखमलको जुत्तामापोते भर्ने कार्यक्रममा महिला वहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष शुसिला श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको हो । स्वच्छ व्यवसायी समूह नेपालका कार्यक्रम संयोजक निर्मला लामाले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका भित्रका वेसिकसिलाई कटाई तालिम लिएका १५ जना महिलाहरुको सहभागिता रहेको छ ।

Lokpriyasamachar@. Powered by Blogger.