नकवजनी चोरी मुद्धाका फरार प्रतिबादी पक्राउ


जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोककले जिल्लाको सुरक्षा स्थितीलाइ अझ मजबुद बनाउँदै  गाँउ गाँउमा प्रहरी परिचालन गरेर  अनैतीक काम गर्नेहरु माथी निगरानी बढाउँदै गएको छ । यसका साथै अदालतबाट मुद्धा फैशला भइ कार्यन्वयन गर्न र सजाँय भोग्न बाँकी रहेका ब्यक्तीहरुलाइ समेत पक्राउ गरेर अदालत बुझाउँने कामलाइ पनी तिब्रता दिएको छ । बिभिन्न मितीमा मुद्धा फैशला भइ कारोगाबस्न बाँकी भएका तथा जरिवाना तिर्न बााकी भएका फरार हरुलाइ पक्राउ गर्दे बाँकी कैद र जविाना अशुलीमा पनी प्रहरी सक्रीय रहेको छ । माघ ९ गते जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले  काठमाण्डौ  जिल्ला अदलतबाट मिति २०७२साल फागन२० गते  मुद्धा फैसला भई १ महिना १५ दिन कैद र ९०,०००। जरिवाना असुल उपर गर्न बाँकी रहेका  नकवजवी चोरी मुद्धाका फरार प्रतिबादी जिल्ला सिन्धुपाल्चोक किउल गा.बि.स. वडा नं. १ बस्ने बर्ष २१ को राजकुमार ज्योतीलाई जिल्ला प्रहरीकार्यालयबाट फैसला कार्यान्वयनको सिलसिलामा खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा प्रक्राउ गरि  फैशला कार्यन्वयनको लागी काठमाण्डौ पठाएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार  मिति २०७५साल माघ९ गते साँझ पाँच बजेको समयमा निज प्रतिबादीलाई  मेलम्ची बजारमा हिडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई  जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकमा  दाखीला गरेकोमा निज प्रतिबादीलाई कैद भुक्तान र जरिवाना असुल उपरको लागी  माघ १० गते काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौमा पठाएको  छ। 







Lokpriyasamachar@. Powered by Blogger.