चौसागढी न.पा. वडा नं. १४ द्वारा बिकासको संवाहकटुकी संघ सुनकोशी र हेल्पजर्मन ई. भी.लाई विदाई


लोकप्रिय समचार

गत २०७२ साल बैशाख १२, १३ र २९ गते आएको विनासकारी भुकम्पले क्षतविक्षतअवस्थामा रहेको सिन्धुपाल्चोक जिल्लाको शैक्षिक क्षेत्र विस्तारै उकालो लाग्नथालेको महशुस भएको छ ।
जिल्लामासामाजिक क्षेत्रमाकार्यरत विभिन्न संघ संस्थाहरुबिद्यालयमर्मत सम्भार एवं पुननिर्माण, जिविकोपाजर्न, विपद् जोखिमन्यूनिकरण, खानेपानी योजनानिर्माण तथाब्यवस्थापन, कृषितथापशुपालनतालिम, स्वच्छता प्रवद्धन तथा सामूहिकवचतलगाएतकाकार्यहरुमा सरकारलाई सघाई रहेका छन् ।
यसको पछिल्लो उदाहरणको रुपमा टुकी संघ सुनकोशीलाई लिन सकिन्छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ र १४ साविकको ठूलोसिरुवारी गाबिसमा टुकी संघ सुनकोशी र जर्मन संस्था हेल्पहिल्फे जूर सेल्ब्स्थिल्फे ई.भी.को साँझेदारीतामा सञ्चालितभूकम्प पीडितहरुको सार्मथ्यतामाअभिबृद्घि परियोजनाअन्र्तगतनिर्मित सम्पूर्ण योजनाहरु हिजो मिति २०७५ साल माघ ३ गते का दिज १४ नं. वडा कार्यालय डडुवामा एक भब्यकार्यक्रमको आयोजनागरि हस्तान्तरण गरिएको छ ।
उक्तकार्यक्रममा हेल्पजर्मन ई.भी. का कन्ट्री कोअर्डिनेटर सिल्भियो आन्र्ट र टुकी संघ सुनकोशीकाकार्यकारिणी समितिकाअध्यक्षश्री कृष्ण बहादुर थापाद्वारा,निर्मित संरचनाहरुको चावी र प्रमाणपत्र वडा अध्यक्षश्री शेर बहादुर श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।
सहयोगी संस्था हेल्पजर्मन ई. भीं र टुकी संघ सुनकोशीबिचभएको परियोजनाको कार्यगत सम्झौता सन् २०१९ जनवरी ३१ बाट समाप्तहुने भएकोले वडा नं. १४ ले उक्तऔपचारिक कार्यक्रमको आयोजना गरेको थियो । उक्तअवसरमाठूलोसिरुवारी मा रहेका १० वटा बिद्यालयहरुमध्ये वडा नं. १४ मा पर्ने ३ वटा विद्यालयश्री झमलादेवीआधारभुतविद्यालय,
श्री डडुवा भवानीशंकर माध्यमिकविद्यालय र श्री सेतीदेवीआधारभुतविद्यालयहरु निर्माण सम्पन्न भैसकेका साथै विद्यालयब्यवस्थापनकालागिआवश्यकफर्निचर, शैक्षिक सामाग्रीहरु वितरण, खानेपानीआपूर्तिको ब्यवस्था, अपाङ्गतथामहिलामैत्रिशौचालय, घेरावार लगायतकाभौतिक संरचनाहरु निर्माण गरिएको, श्री सेतीदेवीमाध्यमिकविद्यालय र गैरीटारको ५० घरधुरी समुदायलाई लक्षितगरि बरको बोटमुनी लिफ्ट खानेपानी योजनानिर्माण सम्पन्नगरि हस्तान्तरण गरिएको थियो । त्यसै गरी साविकको ९ नं. वडा झ्याडी स्थीतश्री झमलादेवीआधारभुतविद्यालय र  माझीबस्तीलाई लक्षितगरि झ्याडी खानेपानी योजनानिर्माण सम्पन्नगरि हस्तान्तरण गरियो ।

उक्तखानेपानीआयोजनाबाट ४८ जनाविद्यार्थी र ५४ घरपरिवारका करिव ३३५ जनाप्रत्यक्ष्यलाभान्वितहुनेछन् । साथै जिविकोपार्जन कार्यक्रमअन्र्तगतविभिन्न समयमा तरकारी खेती, पशुपालन सम्बन्धितालिमको आयोजनागरिएको, साथै सोसँग सम्बन्धित सामाग्रीहरु वितरण गरिएको जनाकारी गराइएको थियो ।
कार्यक्रममा परियोजनाअन्र्तगतनिर्मित संरचनाहरुको बारेमा हेल्पजर्मन ई.भी. का कार्यक्रम संयोजक ई. श्री रशिलमहर्जनले जानाकारी गराउनु भएको थियो । १४ नं.वडाका वडा अध्यक्षश्री शेर बहादुर श्रेष्ठको अध्यक्ष्यतामाभएको कार्यक्रममाकरिव ५ करोड लागतकोहाराहारीमाआयोजनाहरु सम्पन्नगरिएको जानाकारी गराईएको थियो । विस्तृत आर्थिक विवरण टुकी संघ सुनकोशीका लेखातथाप्रशासनअधिकृत श्री शम्भु प्रसाद चौलागाई ले प्रश्तुतगर्नु भएको थियो ।
१४ नं. वडा कार्यालयले आयोजना गरेको उक्त सम्मानतथाविदाई कार्यक्रममाश्री झमलादेवीआ.वि.का प्रधानाध्यापकश्री लालबहादुर श्रेष्ठ, श्री सेतीदेवीआ.वि.काप्रधानाध्यापकश्री ऋषीराम नेपाल, श्री डडुवा भवानीशंकर मा.वि. का प्रधानाध्यापकश्री बद्री प्रसाद नेपाल ले आफ्नो मन्तव्य का साथै टुकी संघ सुनकोशी र हेल्पजर्मन इ.भी.लाई धन्यवाददिनु भएको थियो ।
उक्तअवसरमा टुकी संघ सुनकोशीका अध्यक्षश्री कृष्ण बहादुर थापाले निर्मित संरचनाहरुको संरक्षण एवं सदुपयोग गर्न स्थानीय सरकार तथा स्थानीयवासीहरुलाई आग्रहगर्दै भविष्यमापनिचौतारा साँगाचोकगढी न.पा. वडा नं. १४ लाई टुकी संघको साथ रहिरहने प्रतिबद्धता ब्यक्तगर्नुभएको थियो ।
कार्यक्रमकाअध्यक्षएवं वडा नं. १४ का अध्यक्षश्री शेर बहादुर श्रेष्ठले संरचनाहरु निर्माण सम्पन्नभएकोमाखुसीब्यक्तगर्दै दातृ तथा साझेदार संस्थादुवैलाई धन्यबादब्यक्तगर्नु भएको थियो साथै वहाँले मन नलागीनलागी सहयोगी संस्थालाई विदाई गर्नु परेकोमादुःख समेत ब्यक्तगर्नु भएको थियो ।
कार्यक्रममा सहयोगी संस्था टुकी संघ र हेल्पजर्मन ई. भी. लाई मायाको चिनो स्वरुपआँखीझ्याल र प्रमाण पत्रदिएर सम्मानगरिएको थियो ।
साथै टुकी संघ सुनकोशीकाकर्मचारीहरु क्रमश ः कार्यकारी निर्देशकश्री ज्ञानेन्द्र प्रसाद पौडेल, लेखातथाप्रशासनअधिकृत श्री शम्भु प्रसाद चौलागाई, सब इन्जिनियर श्री धर्मेन्द्र शर्मा, स्वच्छता प्रर्वद्धक श्री निमादोर्जे तामाङ, स्वच्छता प्रर्वद्धक श्री रेणुका खड्का तथा हेल्पजर्मनी ई.भी. का कार्यक्रम संयोजकश्री रशिलमहर्जन, बन्दोवस्तीअधिकृत श्री प्रविण आचार्य, लेखातथाप्रशासनअधिकृत श्री गौतमकुमार के.सी., मानव संसाधनअधिकृत श्री कमला रेग्मी, सामुदायिक सहजकर्ता श्री होमनाथचौलागाई, सब ईन्जिनियर श्री शरद कुमार खड्का तथानिर्माण कम्पनीलुम्बिनीइन्जिनियरिङ एसोसियट्सका म्यानेजिङ डाइरेक्टर श्री बैकुण्ठ गौतमलाई खादातथाप्रमाण पत्रप्रदानगरि सम्मानगरिएको थियो ।
चौतारा साँगाचोकगढी न. पा. वडा नं. १४निवासी स्थानीयको बाक्लो उपस्थितिमाभब्य र सभ्य रुपमा सम्पन्नउक्तकार्यक्रममा वडा सदस्यश्री भेष बहादुर खत्रीले मुक्तकण्ठले स्वागतगर्नु भएको थियो भने वडा सचिवश्री आशिषश्रेष्ठले कार्यक्रम सञ्चालनगर्नु भएको थियो ।

, , , ,
Lokpriyasamachar@. Powered by Blogger.