इन्द्रावती गाँउपालीकामा फागुन भित्र गुनासो सम्बोधन हुन पर्ने


  आगामी फागुनसम्ममा  भुकम्प पिडीतका गुनासोको सम्बोधन सकाएर पुननिमार्णलाई गतिदिन  इन्द्रावती गाँउपालीकाका अध्यक्ष बंशलाल तामाङले सबै पक्ष सँग अनुरोध गर्नु भएको छ ।


उँहाले  प्राधिकरणबाट ईन्जीनियरको सरुवा भइरहदा पनी पुनिर्माणमा समस्या परेको  बताउँदै कहीले को कहीले को इन्जीनियर आउँदा यँहाका नागरिक सँग काम गर्न पनी इन्जीनीयरहरुलाइ समस्या हुन सक्ने भएकाले सके सम्म सरुवा गरिरहने  गर्नु भन्दा पनी काममा तिब्रता दिने ब्यबस्था मिलाउँन समेत तामाङले अनुरोध गर्नु भएको छ ।  । ईन्द्रावति गाउपालिकामा भुकम्प पछिको पुननिमार्ण सम्बन्धी सार्वजनि सुनुवाई को क्रममा उँहाले यस्तो बताउँनु भएको हो ।  नवलपुरमा गरीएको कार्यक्रममा सहभागिले गुनासोको सम्बोधन नभएको, भुमिहिन सुकुम्बासिले अनुदान पाउन नसकेको  कुरा राख्दै , विस्थापितहरुको  समस्याको चाडै सम्बोधन गर्न आग्रह गरेका छन् । कार्यक्रममा जिल्ला आयोजना कार्यन्वय ईकाई अनुदान ब्यवस्थापन तथा स्थानिय पुर्वाधार कार्यलय सिन्धुपाल्चोक प्रमुख जय प्रकाश गुप्ताले ईन्द्रावति गाउपालिकामा ६८.१६ प्रतिशत पुननिमार्णसम्पन्न भएको बताउनुभयो ।
उहाले पालिकामा ९७ विस्थापित रहेकोमा ८३ ले जग्गा प्राप्त गरेको तथा २० जना प्रक्रीयामा रहेको समेत सो अबशरमा बताउनुभयो । यस्तै केहिदिनमा गुनासो भरेकाहरुको प्राधिकरणबाट सम्बोधन हुनेगरी लाभगा्रहि सुचि आउने उहाले बताउनुभयो । साथै सय वर्ष पुराना तथा २ हजार मिटर अग्ला गुम्बा तथा सम्पदाको पुननिमार्ण प्राधिकरणले गर्ने हुदा यस्ता सम्पदाभए प्रक्रीया पुर्याएर  माग गर्न आउन समेत आग्रह गर्नुभयो ।
सार्वजनि सुनुवाई कार्यक्रममा ईकाइका दिन विनोद घिमिरेले माघबाट छुट भएका लाभग्राहिको पुन सर्वेक्षण हुनेभएकाले पालिका वा वडामा सम्पर्क गर्न आग्रह गर्नुभयो । ईन्जीनियरले लाभग्राहिबाट कुनै प्रकारका फाइदा लिन खोजेमा  गोप्य रुपपमा प्राधिकरणमा निवेदन दिन कार्यलयले आग्रह गरेको छ ।   

, , ,