गाउँमै सरकारी सेवा पाउँदा स्थानीयमा खुसी


कमला गुरुङ, बाह्रबिसे
त्रिपुरासुन्दरी गाउँपालिकाले ६ दिने एकीकृत घुम्ती शिविरको आयोजना गरेको छ । माघ १५ गतेदेखि सुरु भएको छ ।

भौगिलिक विकटता रहेको ठाउँमा शिबिरबाट ज्येष्ठ नागरिक कार्ड वितरण, पशु स्वास्थ्य सेवा र उपभोक्ता समितीको प्रशिक्षण जस्ता जस्ता सेवा सुपिधा उपलब्ध गराएको त्रिपूरासुन्दरी गाउँपालिकाको अध्यक्ष भूपेन्द्र श्रेष्ठले बताउँनुभयो । संघियतापछि गाउँगाउँमा सिंहदबार भन्ने चुनावी नारालाई सार्थकता तुल्याउँन गाउँमै सरकारी सेवा उपलब्ध गराउँन लागिपरेको उहाँको भनाई छ । जनताको घर दैलोमा गएर सेवा सुबिधा प्रदान गर्न पाउँदा आफुलाई धेरै खुशीलागेको बताउँनुभयो ।
गाउँपालिकाको सबै भन्दा सेवा सुबिधाले टाढा रहेको र भौतिक रुपमा विकट मानिएको वडा  नम्बर १ घोर्थलीबाट शिबिर सञ्चालन गरिएको हो । शिविरमा ज्येष्ठ नागरिक कार्ड वितरण, पशु स्वास्थ्य सेवा र उपभोक्ता समितीको प्रशिक्षण जस्ता सेवा सुविधा नागरिकलाई प्रदान गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष सुकदेब रिसालले जानकारी दिनुभयो ।

वडा नम्बर १ घोर्थलीमा ४६ जनाले ज्येष्ठ नागरिक कार्ड, ३० जनालाई उपभोक्ता समिती सम्बन्धी प्रशिक्षण, ५२ परिवारका व्यक्तिले पशु स्वास्थ्य परीक्षण गरेका थिए । त्यसैगरी शिविरको दोस्रो दिन वडा नम्बर २ चोकटीमा १ सय ५१ जनाले ज्येष्ठ नागरिक कार्ड, ६० जनालाई उपभोक्ता समिती प्रशिक्षण र १ सय १३ परिवारका सदस्यले पशु स्वास्थ्य परीक्षण सेवा लिएका थिए ।
शिविरको तेस्रो दिन वडा नम्बर ३ धुस्कुनमा पशुसेवातर्फ १ सय २७ घरपरिवार, उपभोक्ता समिती प्रशिक्षण ४५ जनालाई र ज्येष्ठ नागरिक कार्ड १ सय १० जनालाई प्रदान गरिएको अध्यक्ष रिसालले जानकारी दिनुभयो । शिविर ६ वटै वडामा निरन्तर सञ्चालन हुनेछ । शिविरबाट सेवा सुबिधा प्राप्त गरिसकेपछि सर्बसाधारण नागरिकले खुशी ब्यक्त गरेका छन । आगामी दिनमा पनि यस्तो शिबिर सञ्चालन हुन्छ भन्ने अपेक्ष उनीहरुले गरेका छन् ।  गाउँपालिका र वडाबाट जनताले पाउनुपर्ने कुनै पनि सेवा सुबिधाबाट कोही  ब्यक्ति पनि बञ्चित नभई सेवा लिन वडा नम्बर ३ का वडा अध्यक्ष रिसालले आग्रह गर्नुभएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.