डडुवा भवानी शकर माबीमा ठेउलाको महामारी

डडुवा भवानी शकर माबीमा ठेउलाको महामारीका कारण बिद्यालय मा बिदा दिन डाक्टरको सल्लाह  दिएका छन । 
 सिन्धुपाल्चोक  जिल्लाकोृ चौतारा साँगाचोकगढी नगर पालीका वडा नं १४मा रहेको डडुवा भवानी शकर माध्यमिक बिद्यालयमा  बिद्यार्थीहरुमा ठेउलाको महामारी नै हुन थाले पछी बिश्व स्वास्थ्य संगठनका डा सागार शाक्य, जिल्ला स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकका पुन्य बहादुर  श्रेष्ठ चौतारा साँगाचोक गढी नगरपालीका स्वास्थ्य बिभागका शिब पुरी   वडा अध्यक्ष तथा वडा शिक्षा समितीका संयोजक शेर बहादुर श्रेष्ठ सहित का टोली  बिद्यालय पुगेर यस्तो निर्णय गरेको  पुरीले बताउँनु भयो । बिद्यालयमा  गत मंगलबार देखी ठेउला आएको र ठेउला आएका बिद्यार्थीहरुलाइ बिद्यालयमा नआउँन घरमा नै बसेर उपचार गर्न प्रधाध्यापक लगाएत बिद्यालय प्रशाशनले अनुरोध गरेको थियो । वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले वडामा रहेको बिद्यालयमा यस्तो रोग देखा परे पछी वडाका नागरिकहरुलाइ  यस्ता रोगहरु लाग्नै नदीन सर्तकता अपनाउँन र लागी हालेको खण्डमा पनी स्वास्थ्य कार्यलयमा तत्काल सम्पर्क गरेर स्वास्थ्यकर्मीको सल्लाह अनुसार  गर्न समेत सबैमा अनुरोध गर्नू भएको छ ।  सामान्य ज्वरो आएर शरिरमा   साना साना खटिरा जस्तो डण्डीफोर जस्ता देखिनु यसको मुख्य  लक्षण हो ।यो सरुवा रोग भएकाले यसलाइ समयमा उपचार गर्न सकिएन भने यसले ठुलो पिडा दिने  स्वास्थ्य बिभागका पुरीले बताउँनु भयो । 


, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.