३५ बर्ष बित्यो, अझै पत्ता लागेन हत्यारा

लोकप्रिय समाचार
पञ्चायती शासकहरूले ०४० सालको माघे संक्रान्तिका दिन पिस्करका जनसमुदायको शान्तिपूर्ण सांस्कृतिक कार्यक्रममाथि हिंस्रक दमन गरेका थिए । गोलीद्वारा इले थामी र बीरबहादुर थामीको निर्मम हत्या भएको थियो । भने जगतबहादुर बोहरा र पाल्कामाया थामी, सोनाम तामाङ सख्त घाइते भएका थिए । पिस्कर हत्याकाण्डको क्रममा अरू ५ जनाले सहादत प्राप्त गरका थिए ।
पिस्करका थामि समुदायको अहिलेसम्म पनि अवस्था फेरीन सकेको छैन । काण्डमा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरुण नेपाल, सरेश नेपाल, गोपाल थपलिया लगायत दर्जनौंले जेलको सजाय पाएका थिए । सयौं जनताले झूटा मुद्दा खेपेर वर्षौंसम्म दुःख पाएको इतिहास छ ।
यस्तै, प्रकृतिको २०३६ सालमा धनकुटामा सोही हत्याकाण्डमा मारिएकाहरुलाई सरकारले सहिद घोषणा गरेको छ सरकारले । तर, पिस्कर हत्याकाण्डमा मारिएकाहरुलाई सहिद घोषणा गर्न सरकारले आनाकानी गरिरहेको छ । र, पिस्करका पीडितहरुले सरकारसमक्ष हत्याकाण्डमा मारिएकाहरुलाई सहिद घोषणा गर्न माग गरिरहेका छन् । निरंकशु पञ्चायती व्यवस्थाविरुद्ध संघर्षको विगुल फुकेका योद्धाले सिन्धुपाल्चोको पिस्करमा साहदात प्राप्त गरेको ३५ वर्ष पूरा भएको छ । पञ्चायती शासकविरुद्ध संघर्षको विगुल फुकेका पिस्करबासीविरुद्ध प्रहरीले दमन गर्दा साहदत प्राप्त गरेका योद्धालाई प्रत्येक वर्ष माघ १ गते सम्झने गरिन्छ ।
पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन छेडेको तत्कालीन नेकपा (माले) ले आफ्नो गतिविधिलाई पिस्करमा केन्द्रित गरेका बेला ०४० साल माघ १ गते बिहान प्रहरीले गरेको दमनका क्रममा दुईजना पिस्करबासी थामी युवाले ज्यान गुमाएका थिए । पिस्कर हत्याकाण्डमा मारिएका इली थामी र बीरबहादुर थामीलाई सरकारले अझै सहिद घोषणा गर्न सकेको छैन । पञ्चायती व्ययवस्थापछि माओवादीले १० बर्षे जनयुद्धमा होमियो । माओवादी ३०६३ सालमा शान्ति प्रक्रियामा आयो ।
लामो समयपछि अहिले नेपालमा २०७१ सालमा नेपालको संविधान जारी भएको छ  । संविधान जारी भएपछि मुलुक नयाँ दिशामा लम्बदै छ । तर, इली र बिरबहादुर जस्ता हजारौँले माओवादी युद्धमा ज्यान गुमाए ।
पछिल्लो चरणमा माओवादी युद्धदेखि मद्येश आन्दोलनमा ज्यान गुमाएकाहरुलाई समेत सहिद घोषणा गर्दा पिस्कर हत्या काण्डलाई ओझेलमा पारीएको छ । पिस्कर हत्याकाण्डका प्रमुख योजनाकार राप्रपा प्रजातान्त्रिक हालका राष्ट्रिय अध्यक्ष पशुपति शम्सेर राणा ‘जवरा’लाई भएको व्याप्त चर्चा चलेको थियो । तर, उनैलाई सिन्धुपाल्चोकको पटकपटक सांसद बनाएको छ । अहिले भने उनी सांसद बन्नबाट चुके । तर, सोहि हत्याकाण्डमा प्रहरी दमनपछि पक्राउ परेका दुईजान प्रदेशसभाको सांसद बनेका छ ।
के के भएकोे थियो ?
पिस्कर हत्याकाण्ड पञ्चायतकालिन दमनको एक काण्ड हो । यो सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिकाको पिस्कर भएको हो । २०४० साल पुस ३० गते तत्कालीन नेकपा (माले)को राजनैतिक गतिविधिको केन्द्रविन्दूमा थियो पिस्कर । मार्कसवादी र लेनिनवादी दर्शनद्वारा प्रशिक्षित अगुवाहरूको अग्रसरतामा पिस्करको महादेवस्थानमा लाग्ने संक्रान्ति मेलाको उपयोग गरी जनतालाई संगठित र जागरुक बनाउने अभियान अन्तर्गत भएको सांस्कृतिक कार्यक्रमले पञ्चायती शासकको मुटु थकाएको थियो ।
देवीजंग पाण्डेलगायत स्थानीय सामन्त र निरंकुश पञ्चायती व्यवस्थामाथि धक्का दिएको थियो पिस्करले । तत्कालीन नेकपा (माले) र पिस्करवासीको सशक्तता र जागरणका कारण पञ्चायत र तानाशाही प्रशासन तथा सरकारले आफ्नो वर्चश्वलाई जोगाइराख्न सुनियोजित ढंगले पिस्कर हत्याकाण्डको घटना घटाएका थिए । संक्रान्ति मानेडाँडामा करिब २ सय जनाको नेपाल प्रहरीहरूको जत्थाले न्यायप्रेमी समुदायमाथि अन्धाधुन्ध गोली चलाएका थिए । वीरबहादुर थामी घटनास्थलमै मारिए भने इले थामीको शव दावीखोलाको किनारमा स्याउलाले छोपेको अवस्थामा फेला परेको थियो ।
निरंकुश शासकहरुविरुद्ध आन्दोलनको शंखघोष गरेका थामी समुदायका दर्जनौं स्थानीयलाई दमन गरेर घाइते बनाएको थियो । प्रहरीले दमनपछि पल्कमाया थामी, साङडोल्मा थामी, बेत्रावती पौडेल, सावित्री बोहरा, कर्णकुमारी बोहरा, चिनी कार्की, शोभा बोहरा, बिर्षमाया थामी, तारा बोहरा, ललितकुमारी बोहरा, मन बोहरा, छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरुण नेपाल, सरेश नेपाल र गोपाल थपलियालाई गिरफ्तार गरेको थियो । प्रहरीले गिरफ्तारीमा परेकाहरुलाई काठमाडौं, चौतारा, वीरगन्ज र भैरहवालगायतका जेलमा हालेका थिए । पिस्कर हत्याकाण्डपछि पञ्चायती शासकले लगातार दमनको श्रृंखला जारी राखेका थिए । पिस्कर हत्याकाण्डमा ज्यान गुमाएका वीरबहादुर थामी र इले थामीको रगत त्यतिकै खेर गएन । त्यहाँबाट सुरु विद्रोहको आगो देशभर फैलँदै गएपछि ०४६ को जनआन्दोलको आधार बनेको थियो ।
कस्तो छ अवस्था ?
पिस्करका आदिवासी जनजाति र अन्य समुदायका बहादुर योद्दाहरुले हिम्मत गरेकाले नै ०४६ सालको राजनीतिक परिवर्तन सम्भव भएको हो । पिस्करमा सहिदहरुले बगाएको रगत र उनीहरुको सपना पूरा गर्न जनतालाई अधिकार दिलाउन आवश्यक छ । पिस्करबासीले गरेको त्याग र बलिदानीको सम्मान गर्दै सरकारले पिस्करमै सहिद स्मृति पार्क निर्माण गरिदिएको छ ।
कुनै बेला विकासका कुनै पनि पूर्वाधार नभएको पिस्करमा अहिले अस्पतालस्तरको स्वास्थ्य संस्था, माध्यमिक विद्यालय, विद्युत्त, सहिद स्मृतिपार्कजस्ता संरचना तयार भएका छन् । तरपनि पिस्करका थामी समुदायहरुको समस्याको चाङ उस्तै छ । विनाशकारी भूकम्पले ध्वस्त पारेको घर अझै उठ्न सकेको छैन । शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, जनचेतना लगाएतको अन्य विकास तथा पुर्वाधारको अभाव छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.