कुविण्डेमा मावि स्तरीय भलिवल प्रतियोगिता सुरु

लोकप्रिय समाचार,
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकामा ४ स्थित कालिका देवि माध्याकि विद्यालयमा अन्तर मावि स्तरीय भलिवल प्रतियोगिता सुरु भएको छ ।

राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराका साथ मावि स्तरीय भलिवल प्रतियोगिता सुरु भएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख अमानसिं तामाङले खेलको बिहिबार उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख तामाङले खेलाडि भनेको नगरका गहना भएको बताउँनुभयो ।
गहनाको संरक्षण र सम्भारका लागि नगरपालिका सधै तत्पर रहेको बताउँनु हुँदै खेलकुद विकाशका लागि आफ्नो ठाउँबाट आफुले सक्दो सहयोग गर्ने बताउँनसभयो । आगामि दिनमा संसार भरि पहिचान दिन सफल रहेको कुिबन्डेले खेलकुदमा पनि विकाश गरेर अगाडि लानका लागि आग्रह समेत गर्नुभयो ।
आगामि दिनमा नगरपालिका र वडाको तर्फबाट खेल क्षेत्रको विकासको लागि आफु सधै प्रतिवद्ध रहेका समेत बताउँनुभयो । खेल क्षेत्रको विकास भएपछि आफ्नो क्षेत्र र नगरपालिकाका समेत मान उच्च रहेने उहाँको भनाई छ ।

खेल क्षेत्र विकासको लागि नगरपालिकाका तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता समेत जाहेर गर्नुभयो । आगामि बर्ष बजेट विनियोजन गर्दा नगरपालिकाबाट खेल क्षेत्रको संरक्षण र प्रवद्धन गर्न बजेट विनियोजन हुने आश्वासन समेत दिनुभयो । मानिसलाई स्वास्थ्य रहनका लागि खेलकुदको अनिवार्य  भएकोले खेल क्षेत्रको विकास र प्रबद्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कुविण्डेमा खेल क्षेत्रको विकासको लागि  वडा कार्षलयबाट पनि सक्दो सहयोग पुग्ने चौतारा साँगाचोकगढी नगरपालिका ४ का वडाध्यक्ष चुणमणि नेतालले बताउँनुभयो । कुविण्डेमा प्रतिभावान् खेलाडि उत्पाद भैरहेको र त्यसको संरक्षण गर्नको लागि विशेष व्यवस्था समेत गर्ने बताउँनुभयो । खेलाडि पनि आफ्नो ठाउँबाट अनुशाशित भएर आफ्नो मर्यादाको ख्याल गर्दै गाउँको पहिचानमा लाग्न प्रेरित गर्नुभयो ।

चौतारा साँगाचोकगढी नगरपालिका ४ स्थित कालिका देवि माविमा अन्र्तर मावि स्तरीय भलिबल प्रतियागिता सुरु भएको हो । कालिका देवि माध्यमिक विद्यालयमा भएको  भयको प्रितयोगितामा ९ वटा टिमले सहभागिता जनाएको छ ।

इर्खु मावि इर्खु, ज्ञानमन्दिर नमुना माबि, मेलचौउर, कृष्ण रत्नगंगा माबि चौतारा, सिद्धी कमला माबि पिपलडाडा, सेतीदेवी माबी स्याउले, दक्षीण काली माबी बतासे, कालिकदेवि माबी बतासे, सेती देबी माबी कुविण्डे र आयोजक कालिका देबि माबि कुविण्डे बिच प्रतिस्पर्धा हुनेछ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रघुबिर तामाङको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षक स्वागत मन्तव्य राजेश सापकोटाले गर्नुभएको थियो भने उद्घाटन समारोहको उद्घोषण शिक्षक श्याम सापकोटाले गर्नुभयको  थियोे । प्रतियोगिता आगामि २० गतेसम्म चल्नेछ ।