पत्रकार महासंघ काभ्रे शाखामा तोडफोड

पत्रकार महासंघको कार्यलय तोडफोड भएकोमा सर्बत्र निन्दा गरिएको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखामा अज्ञात समूहद्धारा गएराती तोडफोड भएको  समचार प्राप्त भएपछि बिभिन्न सञ्चार माध्यमहरुले यसको बिरोध गर्दै दाषी माथी कार्बाहीको माग गरेका छन्  ।
बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको कार्यालयको मूलगेटको ताला फोडेर कार्यालयमा रहेका सामानहरु समेत तोडफोड भएको छ । कार्यालयका तिनवटा कोठामा रहेका फर्नीचर लगाएतका सामानहरुमा ठुलोक्षती पुगेको पत्रकार महासघंले जनाएको छ ।
यस सम्बन्धमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाले प्रेश विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्र्सना गर्नुका साथै दोषिलाई कडा कारवाहीको माग गरेको छ ।  पत्रकारहरुको  साझा संस्था महासंघको कार्यलयमा राती तोडफोड गरेको खबरले आफुहरुलाइ दुखी तुल्याएको बताउँदै  यस्तो कार्यको घोर आपत्ती जनाउँदै यसको छानबिन गरेर दोषी पत्ता लगाइ  कडा कार्बहीका लागी लोकप्रिय नेत्र ज्योती सञ्चार समुहले माग गरेको छ ।
घटनाको जिल्ला प्रहरी कार्यालयका प्रमूख रवीराज खड्का, पनौती नगरपालिकाका प्रमूख भिम न्यौपाने, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का सचिव शुसिल हुमागाँई, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तीमील्सीना लगाएतको सहभागितामा अनुगमन गरीएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमूख रवीराज खड्काले घटनाको अनुसन्धान गरी दोषी पत्ता लगाई कारवाही गर्ने प्रतिवद्धता जनाउनुभएको छ । कार्यालयमा भएको तोडफोड सिंगो काभ्रेका पत्रकार माथीको आक्रमण भएकाले दोषि पत्ता लगाई कारवाही हुनुपर्ने नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमिल्सिनाले बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.