जिल्लास्तरीय फुटबल सूरु , आयोजक बलेफी गाउपालिकाद्रारा विजई सुरुवात

बलेफी गाउँपालिकाको आयोजना तथा जिल्ला फुटबल संघको सहकार्यमा जिल्लास्तरीय फुटबल प्रतियोगिता सूरु भएको छ ।  प्रतियोगिताको पहिलो दिन पौष २२गते  भएको उद्घाटन खेलमा त्रिपुरासुन्दरी गाउँपालिकालाई २–० गोल अन्तरले हराउँदै आयोजक वलेफि गाउँपालिकाले विजयी शुरुवात गरेको छ । बलेफीका लागि खेलको सुरुवाति २ मिनेट र दोश्रो हाफको ६७ औ मिनेट गरी राजकुमार घिसिङले  २ गोल गर्नुभएको थियो  । खेल अवधिभर घरेलु दर्शक पाएको बलेफीले त्रिपुरासुन्दरी गाउँपालिकाको समुहलाई पुरै दबाबमा राखेको थियो । त्रिपुरा सुन्दरी गाँउपालीका र बलेफी गाँउपालीका बिच भएको खेलमा बलेफीका कप्तान अजय तामाङ म्यान अफ द म्याच घोषित हुनुभएको छ । माघ १ गतेसम्म लामोसाँघु स्थित बसन्तपुर खेल मैदानमा हुने प्रतियोगितामा २३गते दुई खेल हुनेछन् । पहिलो खेल विहान ९ बजे बाह्रविसेनगर पालीका र  तथा चौतारा साँगाचोककगढि नगरपालिका बिच  प्रतिस्पर्धा हुने भएको छ भने   दिउँसो २ बजे हेलम्बुगाँउ पालीका र लिसङ्खु पाखर गाउँपालिकाबीच प्रतिस्पर्धा हुने जिल्ला फुटबल संघका अध्यक्ष मनकुमार श्रेष्ठले बताउनुभयो । प्रतियोगिताको उद्घाटन प्रदेश नं. ३ का विकास तथा अर्थ समितिका संयोजक सरेश नेपालले गनुभएको थियो । उँहाले  खेलको उद्धघाटन गर्दै मानबीय बिकाशको लागी खेलकुदको अती महत्व हुने भएकोले खेलको बिकाश भए मात्र मानबीय बिकाश हुने बताउँनु भयो ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.