विपदबाट सुरक्षित रहन पूर्वतयारी जरुरी

देशै भर माघ २ गते  राष्ट्रिय भुकम्प सुरक्षा दिबश मनाइएको छ ।  २०७२ मा गएको भुकम्पका कारण सिन्धुपाल्चोक जिल्ला सबै भन्दा बढी क्षेती जिल्लामा  रहेको थियो ।
यस सम्बन्धमा दिबस मनाउँने  क्रममा सिन्धुपाल्चोकमा सरोकारवालाहरुले भूकम्प लगाएतका विपदबाट सुरक्षित रहन पुर्व तयारीमै विशेष ध्यान दिनुपर्ने बताएका छन् । राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७५ मनाउने क्रममा जिल्ला सदरमुकाम चौतारामा आयोजित कार्यक्रममा सरोकारवालाहरुले  यस्तो बताएका हुन । सो अवसरमा विपद पुर्ब तयारीमा उदाहरणीय काम गर्ने प्रतिवद्धता जनाउँदै यसका लागी  सबैको सहयोगक आबश्यक रहेको समेत बताएका छन् । वि.सं. ९९९० मा माघ २ गते नेपालमा एउटा ठूलो विनाश भएको थियो ।  त्यो भूकम्पकबाट भएको र भूकम्पका कारण  पुस्ताहरुको देहावसान समेत भइसकेको छ ।

 वि सं २०७२ साल, बैशाख १२, १३ र २९ गतेको महा भूकम्पले सबैभन्दा बढि मानविय र भौतिक क्षति ब्यहोरेको जिल्ला सिन्धुपाल्चोकमा भएका काम र गरिएका तयारी अरु जिल्लाका लागि समेत उदाहरण हुनुपर्ने कार्यक्रममा सहभागिले बताएका छन् । प्रभातफेरी पछि आयोजित कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधिस टिकाराम आचार्यले सिन्धुपाल्चाकले पुर्व तयारीमा नमुना योग्य काम गर्न सक्नुपर्ने बताउनुभयो ।
  कार्यक्रमका अध्यक्ष समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले ठूलो विपदलाई प्रत्यक्ष भोगेका सिन्धुबासीले विपदको सामनाबारे अरुलाई सिकाउन सक्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले प्रदेश नं ३ को सबैभन्दा ठूलो जिल्ला सिन्धुपाल्चोकको प्राकृतिक अबस्था नै जोखिमयुक्त रहेकोले जुनसुकै बेला विपदसंग जुध्न तयारी अबस्थामा रहनुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले सुरक्षाका लागि सचेतनामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । चौतारा साँगाचोगढि नगरपालिका प्रमुख अमानसिंह तामाङले संरचनाहरु दिगो हुनुपर्नेमा जोड दिनुभयो ।  जिल्ला आयोजना कार्यान्वयन ईकार्य भवनका प्रमुख सन्तोष निरौलाले जिल्लाका ८७ हजार लाभग्राहीमध्ये ५४ हजारले तेस्रो किस्ताको रकम लिईसकेको जानकारी दिंदै २०७६ असार मसान्त सम्म पुनर्निर्माणको कामअन्तिम चरणमापुग्ने बताउनुभयो । सिन्धुपाल्चोकमा २०७२ सालको भूकम्पमामात्रै ३५ सय ७० जनाले ज्यान गुमाएका थिए  भने ८ जना बेपत्ता भएका थिए ।
भूकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० या ७० वर्षमा  हाम्रो नेपाल अनि आसपासका क्षेत्रमा विध्वंशात्मक रुपमा आईनैरहेको छ यहि क्रममा विसं २०७२ सालमा नेपालीले पुनः एकपटक महाविनासकारी भूकम्पको सामना गर्नु परेको   सरोकार वालाहरुले बताएका छन ।

,